संसदीय सुनुवाइ समिति (संयुक्त) को १ औं बैठक २०८३ असार १७ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई २ घण्टा १० मिनेट सम्म संचालन भयो। १५ मध्ये ११ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ।
आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा ।
(१) संसदीय सुनुवाइसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास, विद्यमान कानुनी व्यवस्था, संसदीय सुनुवाइ प्रक्रियामा देखिएका चुनौती तथा सुधारका सम्भावित उपायहरूका सम्बन्धमा समिति सचिव श्री तुलबहादुर कँडेलबाट प्रस्तुतीकरण भइ समितिका माननीय सदस्यहरूले उक्त प्रस्तुतीमा प्रतिक्रिया तथा सुझावहरू राख्नुभयो।
(२) समितिबाट सम्पन्न गरिने आगामी संसदीय सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, प्रभावकारी तथा नतिजामुखी बनाउन आवश्यक नीतिगत, प्रक्रियागत तथा कार्यविधिगत विषयहरूमा माननीय सदस्यहरूबीच विस्तृत छलफल भयो।
(३) समितिको अर्को बैठक अर्को सूचना जारी भएपश्चात् बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।