संसदीय सुनुवाइ समिति (संयुक्त) को १८ औं बैठक २०८३ आश्विन २६ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ७ घण्टा सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।
१) गणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. निश्चल नाथ पाण्डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री कल्याण राज शर्मा, काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री चिरन जङ्ग थापा, ललितपुर, संयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री गौरव शमशेर ज.ब.रा., काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।
२) विविध ।
१) समितिको आजको बैठकमा नेपाल सरकारको मिति 208३ साल असोज २ गतेको निर्णयानुसार गणतन्त्र भारतका लागि नेपाली राजदूत पदमा प्रस्तावित डा. निश्चल नाथ पाण्डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा प्रस्तावित श्री कल्याणराज शर्मा, काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा प्रस्तावित श्री चिरन जंग थापा, ललितपुर र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत प्रस्तावित श्री गौरव शमशेर ज.ब.रा., काठमाडौँ लाई समितिमा आमन्त्रण गरी प्रस्तावित पदका सम्बन्धमा योग्यता, अनुभव, अवधारणा तथा कार्ययोजनाका सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि, 2083 को दफा १९ बमोजिम सुनुवाइ गर्ने कार्य सम्पन्न गरियो।
२) समितिको अर्को बैठक मिति २०८३ साल असोज २७ गते बिहान ९:३0 बजे बस्ने गरी यो बैठक स्थगित भयो।
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १८ · २०८३ आश्विन २६ · दिउँसो १२:०० देखि राति ७:०० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १३ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।