शुक्रबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
१६
औं बैठक
समिति
७३%
उपस्थिति
उपस्थिति
१५ मध्ये ११ उपस्थित
२०८३ आश्विन २०
बैठक मिति
२ घण्टा ४५ मिनेट
बिहान ११:१५ बजे – दिउँसो २:०० बजे
संयुक्त संसद समिति

संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १६

२०८३ आश्विन २०
२ घण्टा ४५ मिनेट
सम्पन्न
२ घण्टा ४५ मिनेट
अवधि
११
कुल उपस्थित
४
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन २०

संसदीय सुनुवाइ समिति (संयुक्त) को १६ औं बैठक २०८३ आश्विन २० मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई २ घण्टा ४५ मिनेट सम्म संचालन भयो। १५ मध्ये ११ उपस्थित

समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।


कार्यसूची

१) प्रस्तावित राजदूत उपर प्राप्‍त उजुरी खोल्ने।

२) प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गर्ने ।

३) विविध ।

बैठक कार्यविवरण

१) प्रस्ताव नं. १ उपर छलफल गर्दा विभिन्‍न १३ वटा मित्रराष्ट्रहरूका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा प्राप्‍त उजुरीहरु खोली समितिका माननीय सदस्यहरुलाई वितरण गर्ने निर्णय सर्वसम्मतिले गरियो।

२) प्रस्ताव नं. २ उपर छलफल गर्दा विभिन्‍न १३ वटा मित्रराष्ट्रहरूका लागि प्रस्तावित राजदूतहरूले समितिसमक्ष पेश गर्नु भएको कार्ययोजना समितिका माननीय सदस्यहरुलाई वितरण गर्ने निर्णय सर्वसम्मतिले गरियो।

३) प्रस्ताव नं. ३ उपर छलफल गर्दा विभिन्‍न १३ वटा मित्रराष्ट्रहरूका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा संसदीय सुनुवाइ प्रक्रिया अगाडी अगाडि बढाउन सचिवालयबाट तयार भएको देहायको कार्यतालिका परिमार्जन सहित पारित गर्ने निर्णय सर्वसम्मतिले गरियो।

प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्बन्धी कार्यतालिकाक्र.सं.मितिसमयविवरण


२०८३/०६/२६ (पहिलो)बिहान9:30 बजेविभिन्‍न १३ वटा मित्रराष्ट्रहरूका लागि प्रस्तावित राजदूतहरू उपर उजुरी दिने उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने।२.२०८३/०६/२६ (दोस्रो)
बिहान११:०० बजेगणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. निश्‍चल नाथ पाण्डे, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।दिनको१२:३० बजेजनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री कल्याण राज शर्मा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।दिनको२:१५ बजेसंयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री चिरन जङ्ग थापा, ललितपुरलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।दिनको३:४५ बजेसंयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री गौरव शमशेर ज.ब.रा., काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।३.२०८३/०६/२७(पहिलो)बिहान9:30 बजेसङ्‍घीय गणतन्त्र जर्मनीका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री सरू जोशी, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।बिहान११:०० बजेइजरायलका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री सुरेश कुमार कर्ण, कैलालीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।दिनको१२:३० बजेओमानका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री पदमाक्षी राणा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।४.२०८३/०६/२७(दोस्रो)दिनको२:१५ बजेगणतन्त्र कोरियाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति प्रा. डा. संगम श्रेष्‍ठ, तनहुँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।दिनको३:४५ बजेस्पेन अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री प्राप्ती शेरचन, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।५.२०८३/०६/२८(पहिलो)बिहान८:३० बजेलोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. मंचला कुमारी झा, सप्‍तरीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।बिहान१०:०० बजेमलेसियाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री चुडामणी खरेल, झापालाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।
६.२०८३/०६/२८(दोस्रो)दिनको१२:३० बजेजापानका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री जिज्ञान कुमार थापा, ललितपुरलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।दिनको२:३० बजेसाउदी अरब अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री गिरी बहादुर सुनार, बाग्लुङ्गलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।७.२०८३/०६/२८(तेस्रो)दिनको४:३० बजेछलफल तथा निर्णय


४) समितिको अर्को बैठक मिति २०८३ असोज २६ गते बिहानको ९:१५ बजे बस्ने गरी यो बैठक यही समापन गरियो।

उपस्थिति रजिष्टर

संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १६ · २०८३ आश्विन २० · बिहान ११:१५ देखि दिउँसो २:०० सम्म

आजको उपस्थिति

७३% सदस्य उपस्थित

कुल १५ सदस्यमध्ये ११ जना बैठकमा उपस्थित थिए र ४ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · ११ / १५
कुल सदस्य १५
उपस्थित ११ (७३%)
अनुपस्थित ४ (२७%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य ८ उपस्थित ८ अनुपस्थित ० प्रतिशत १००%
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित ० अनुपस्थित ३ प्रतिशत ०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%

सदस्य सूची