संसदीय सुनुवाइ समिति (संयुक्त) को १५ औं बैठक २०८३ आश्विन ८ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई १ घण्टा १५ मिनेट सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।
१) प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने।
२) विविध ।
१) नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०83/0६/०२ को निर्णयबाट विभिन्न मित्रराष्ट्रहरूका लागि नेपाली राजदूत पदका लागि देहायका १३ जना व्यक्तिहरूको नाम सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा प्राप्त हुन आएकोले प्रस्तावित व्यक्तिहरू उक्त पदका लागि अनुपयुक्त लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यम र सङ्घीय संसद् सचिवालयको विद्युतीय सञ्चारका माध्यमबाट समेत सूचना प्रकाशन गर्ने निर्णय गरियो।
क्र.सं.नाम र थरराजदूत सिफारिस गरिएको मुलुकगैरआवासीय राजदूत तोकिएको मुलुक/संस्था१.डा. निश्चल नाथ पाण्डेगणतन्त्र भारतअफगानिस्तान र भुटान२.श्री कल्याण राज शर्माजनवादी गणतन्त्र चीनमंगोलिया, उत्तर कोरिया३.श्री चिरन जङ्ग थापासंयुक्त राज्य अमेरिकापानामा, कोस्टारिका, मेक्सिको, एल सालभाडोर, होण्डुरस, ग्वाटेमाला, बहामास, बेलिज४.श्री गौरब शम्शेर ज.ब.रा.संयुक्त अधिराज्यआयरल्याण्ड५.श्री सरू जोशीसङ्घीय गणतन्त्र जर्मनीगणतन्त्र चेक, होली सी, रोमानिया, पोल्याण्ड, युक्रेन, सर्बिया, स्लोभाकिया, बुल्गेरिया, हंगेरी६.श्री सुरेश कुमार कर्णइजरायलसाइप्रस७.श्री जीज्ञान कुमार थापाजापान-८.श्री गिरी बहादुर सुनारसाउदी अरब अधिराज्यसोमालिया, यमन९.श्री पदमाक्षी राणाओमान-१०.प्रा. डा. संगम श्रेष्ठगणतन्त्र कोरिया-११.श्री चुडामणी खरेलमलेसियाइण्डोनेसिया, ब्रुनाई, फिलिपिन्स, पूर्वी टिमोर१२.श्री प्राप्ती शेरचनस्पेन अधिराज्यमाल्टा१३.डा. मंचला कुमारी झालोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकामाल्दिभ्स२) समितिको मिति २०८३/०५/०५ गते बसेको चौधौँ बैठकले मिति २०८३/०५/१८ र १९ गते समितिका माननीय सदस्यहरूको लागि दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकोमा भोटेकोशी नदीमा आएको बाढीका कारण स्थगित गरिएको उक्त कार्यक्रम २०८३/०६/०९ र १० गते गर्ने तय भएको थियो। तर, उक्त दिनहरूमा पनि भारी वर्षाको पूर्वानुमानसहित नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालय, नेपाल मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अपिल गरेकोले सो अभिमुखीकरण कार्यक्रम पुनः स्थगित गरी मिति २०८३/०६/२० र २१ गते गर्ने निर्णय गरियो।
३) समितिको अर्को बैठक मिति २०८३ भदौ २० गते बिहान ११:१५ बजे बस्ने गरी आजको बैठक स्थगित भयो।
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १५ · २०८३ आश्विन ८ · बिहान ९:४५ देखि बिहान ११:०० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १३ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।