संसदीय सुनुवाइ समिति (संयुक्त) को १९ औं बैठक २०८३ आश्विन २७ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।
१) सङ्घीय गणतन्त्र जर्मनीका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री सरू जोशी, काठमाडौँ र इजरायलका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री सुरेश कुमार कर्ण, कैलालीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।
१) समितिको आजको बैठकमा नेपाल सरकारको मिति 208३ साल असोज २ गतेको निर्णयानुसार सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा प्रस्तावित श्री सरू जोशी, काठमाडौँ र इजरायलका लागि नेपाली राजदूत पदमा प्रस्तावित श्री सुरेश कुमार कर्ण, कैलाली लाई समितिमा आमन्त्रण गरी प्रस्तावित पदका सम्बन्धमा योग्यता, अनुभव, अवधारणा तथा कार्ययोजनाका सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि, 2083 को दफा १९ बमोजिम सुनुवाइ गर्ने कार्य सम्पन्न गरियो।
२) समितिको अर्को बैठक मिति २०८३ साल असोज २७ गते दिनको १:०0 बजे बस्ने गरी यो बैठक स्थगित भयो।
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १९ · २०८३ आश्विन २७ · बिहान ९:३० देखि दिउँसो १२:३० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १२ जना बैठकमा उपस्थित थिए र ३ जना अनुपस्थित थिए।