पूर्वाधार विकास समिति को १२ औं बैठक २०८३ भाद्र १८ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ४ घण्टा १४ मिनेट सम्म संचालन भयो। २७ मध्ये १४ उपस्थित
यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfयबमोजिम रहेको छः-
१. प्राकृतिक प्रकोप र यसले पूर्वाधार क्षेत्रमा पूर्याएको असर सम्बन्धमा,
२. विविध
१. भदौ १० गतेको बाढीबाट टनेल तथा अन्य स्थानमा फसेका बाढीपीडितको तत्काल उद्धार तथा सुरक्षित स्थानान्तरण गर्दै अवरुद्ध Connectivity पुनःस्थापना गर्न सडक, पुल, तुइन, झोलुङ्गे पुल तथा विद्युत् संरचनाको शीघ्र मर्मत गर्ने र आवश्यक स्थानमा डाइभर्सन, वैकल्पिक मार्ग तथा अस्थायी पुलको व्यवस्था गर्न पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गर्ने।
२. क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माणका लागि स्वदेशी–विदेशी तथा निजी क्षेत्रको स्रोत, प्रविधि र सहयोग परिचालन गरी Build Back Better अवधारणाअनुरूप सुरक्षित तथा विपद्–प्रतिरोधी पूर्वाधार निर्माण गर्न पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गर्ने।
३. जलवायु परिवर्तनमा नेपालको न्यून योगदानका बाबजुद ब्यहोर्नुपरेको क्षतिका लागि Climate Justice र Loss and Damage को सिद्धान्तअनुरूप अन्तर्राष्ट्रिय क्षतिपूर्ति तथा सहयोग प्राप्त गर्न र GCF लगायतका जलवायु कोषबाट स्रोत परिचालन गर्न सम्बन्धित निकायलाई पहल गर्ने।
४. राहत तथा उद्धारलाई शीघ्र, लक्षित र पारदर्शी बनाउन प्रभावितको एकीकृत विवरण तथा सूचना प्रणाली सुदृढ गरी संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा सहयोगी संस्थाबीच समन्वयमार्फत दोहोरोपनरहित राहत वितरण सुनिश्चित गर्न सम्बद्ध मन्त्रालयलाई अनुरोध गर्ने।