बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१०
औं बैठक
समिति
६७%
उपस्थिति
उपस्थिति
२७ मध्ये १८ उपस्थित
२०८३ भाद्र ४
बैठक मिति
४ घण्टा १३ मिनेट
बिहान १०:०० बजे – दिउँसो २:१३ बजे
प्रतिनिधि सभा समिति

पूर्वाधार विकास समिति - बैठक १०

२०८३ भाद्र ४
४ घण्टा १३ मिनेट
सम्पन्न
४ घण्टा १३ मिनेट
अवधि
१८
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ४

पूर्वाधार विकास समिति को १० औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ४ घण्टा १३ मिनेट सम्म संचालन भयो। २७ मध्ये १८ उपस्थित

यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfयबमोजिम रहेको छः-


कार्यसूची


१. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्यूटिफिकेशन आयोजना सम्बन्धमा,

२. विविध।

बैठक कार्यविवरण

निर्णय/निर्देशनः

समितिको आज बसेको बैठकमा पूर्वाधार विकास मन्त्रालय र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग बागमती ब्यूटिफिकेशन आयोजना सम्बन्धमा छलफल भई देहायबमोजिमको निर्णय भयो ।

  1. “स्वच्छ बागमती” लाई पहिलो प्राथमिकता दिई नदीमा हुने सम्पूर्ण प्रत्यक्ष ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्ने।
  2. बागमती नदीको अधिकार क्षेत्र (River Right/Right of Way) स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण र बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने।
  3. ब्यूटिफिकेशनलाई कंक्रिट संरचना निर्माणमा सीमित नराखी हरित, खुला, पैदलमैत्री र नागरिककेन्द्रित नदी करिडोरका रूपमा विकास गर्ने।
  4. बागमतीको वातावरणीय पुनर्जीवनलाई यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग एकीकृत गरी Heritage River Corridor का रूपमा विकास गर्ने।
  5. आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र, स्पष्ट जिम्मेवारी, नियमित अनुगमन र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने।
  6. "स्वच्छ बागमती" बनाउने कार्यक्रमको लागि पर्याप्त बजेट विनियोजन गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने ।
  7. अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आवश्यकताअनुसार अरू कुनै सम्बद्ध निकायसँग मर्ज गर्नुपर्ने हो की ? अथवा ऐनमार्फत प्रभावकारी, सशक्त,दिगो र बलियो संस्था बनाउने कार्य यथाशीघ्र अगाडि बढाउन पूर्वाधार विकास मन्त्राललाई निर्देशन दिने ।
  8. समितिको मितिः २०८३/०५/०५ गते बिहान १० बजे बस्ने निर्धारित बैठक अब मितिः २०८३/०५/०८ गते, सोमवार बिहान १० बजे बस्ने ।


उपस्थिति रजिष्टर २७ मध्ये १८ उपस्थित
२७
कुल सिट
१८
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली काँग्रेस
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६७%
राष्ट्रिय स्वतन्त्र पार्टी
६५%
नेपाली कम्युनिष्ट पार्टी
५०%
श्रम संस्कृति पार्टी
०%