बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
११
औं बैठक
समिति
५२%
उपस्थिति
उपस्थिति
२७ मध्ये १४ उपस्थित
२०८३ भाद्र ८
बैठक मिति
४ घण्टा ५ मिनेट
बिहान १०:०० बजे – दिउँसो २:०५ बजे
प्रतिनिधि सभा समिति

पूर्वाधार विकास समिति - बैठक ११

२०८३ भाद्र ८
४ घण्टा ५ मिनेट
सम्पन्न
४ घण्टा ५ मिनेट
अवधि
१४
कुल उपस्थित
१३
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ८

पूर्वाधार विकास समिति को ११ औं बैठक २०८३ भाद्र ८ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ४ घण्टा ५ मिनेट सम्म संचालन भयो। २७ मध्ये १४ उपस्थित

यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfयबमोजिम रहेको छः-

कार्यसूची

१. पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी,

२. विविध।

बैठक कार्यविवरण

समितिको आजको बैठकमा नेपालको पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (PPP) को वर्तमान अवस्था, सम्भावना, लगानी प्रवर्द्धन तथा आयोजना कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायका सम्बन्धमा विस्तृत छलफल भई देहायबमोजिमको निर्णय भयो ।

  1. निजी क्षेत्रले विद्यमान ऐन, कानून तथा प्रक्रियाका कारण भोग्नुपरेका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका क्षेत्रहरू, विशेषतः One Window Policy, ब्युरोक्रेटिक झन्झट न्यूनीकरण गर्ने, लगानी भित्र्याउने, लगानी तथा मुनाफा फिर्ता लैजाने र पुनर्लगानी गर्ने सहज वातावरण बनाउने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबाट १५ दिनभित्र लिखित धारणा तथा सुझाव माग गर्ने।
  2. लगानी बोर्डबाट PPP अन्तर्गत सहजीकरण तथा स्वीकृत भएका जलविद्युत र फोहरमैला व्यवस्थापन सम्बन्धी आयोजना/परियोजनाहरूको वर्तमान अवस्था, आयोजनाहरूको डेलिभरीमा के के समस्याहरू छन् र ती समस्याहरू समाधान गर्न समितिले के पहल गरिदिनुपर्ने हो ? सोको विवरण १५ दिनभित्र समितिसमक्ष पेश गर्ने।
  3. लगानी बोर्डसम्बन्धी ऐन तथा सो सम्बन्धी कानुनी व्यवस्थामा गर्नुपर्ने सुधार तथा बोर्डको भूमिका कस्तो रहने (लगानीको सहजीकरण, समन्वय वा अनुमतिपत्र प्रदान गर्ने) सम्बन्धमा स्पष्ट सुझाव समिति समक्ष १५ दिनभित्र पेश गर्ने।
  4. समितिको अर्को बैठक मितिः२०८३ साल भदौ ११ गते विहान १० बजे बस्ने ।



उपस्थिति रजिष्टर २७ मध्ये १४ उपस्थित
२७
कुल सिट
१४
कुल उपस्थित
१३
कुल अनुपस्थित
दलगत उपस्थिति
श्रम संस्कृति पार्टी
१००%
नेपाली काँग्रेस
७५%
राष्ट्रिय स्वतन्त्र पार्टी
५९%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
नेपाली कम्युनिष्ट पार्टी
०%