बैठक विवरण
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति को ३ औं बैठक २०८३ श्रावण १९ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा सम्म संचालन भयो। १५ मध्ये ७ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक माननीय सुरेशकुमार आले मगरको संयोजकत्वमा बस्यो।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
कार्यसूची
१. विधायिकी अन्तरसम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास उपर छलफल,
२. विज्ञको लागि मिति तय गर्ने,
३. विविध।
बैठक कार्यविवरण
आज यस उपसमितिका संयोजक सुरेशकुमार आले मगरको संयोजकत्वमा बसेको बैठकमा प्रदेश र स्थानीय तहको प्राथमिकताक्रम र नाम सम्बन्धमा प्रारम्भिक छलफल भयो।
निर्णय:
- भोलि मिति २०८३ साल साउन २० गते ११:१५ बजे श्री कृष्ण प्रसाद सापकोटालाई उपसमिति बैठकमा आमन्त्रण गर्ने,
- आगामी बैठकमा गाउँपालिका महासंघ र नगरपालिका महासंघलाई उपसमितिमा आमन्त्रण गरी स्थानीय तहको विधायिकी प्रक्रिया, समस्या, चुनौती र समाधानका विषयमा जानकारी लिने,
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आवश्यकतानुसार अन्य मन्त्रालयका सम्बद्ध पदाधिकारीलाई आमन्त्रण गरी विधायिकी अन्तरसम्बन्धको अवस्थाबारे जानकारी लिने।
उपस्थिति रजिष्टर
१५
कुल सिट
७
कुल उपस्थित
८
कुल अनुपस्थित
दलगत उपस्थिति
जनता समाजवादी पार्टी नेपाल
१००%
नेपाली कम्युनिष्ट पार्टी
६०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
नेपाली काँग्रेस
३३%
—
०%