ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को ३ औं बैठक २०८३ श्रावण १९ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये ७ उपस्थित
- ऐन कार्यान्वयन मापनको मापदण्ड सम्बन्धमा,
- ऐन कार्यान्वयन मापनका अन्तर्राष्ट्रिय अभ्यास सम्बन्धमा,
- विविध
आज यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिमा ऐन कार्यान्वयन मापनको मापदण्ड र विविध सम्बन्धमा भएको छलफल माननीयहरूद्वारा आ-आफ्नो धारणा व्यक्त भयो ।
साथै, ऐन कार्यान्वयन मापन सिफारिसका लागि छनौट भएका ऐनहरूका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग छलफल गर्नुपर्ने धारणा माननीय सदस्यहरूले राख्नु भयो ।
निर्णय
१. ऐन कार्यान्वयन मापन अध्ययनका लागि छनौट भएका २०(बीस) वटा ऐनबाट तपसिल बमोजिमका ६ (छ) वटा ऐनहरुको कार्यान्वयनमा रहेका चुनौती र विविध पक्षको अध्ययन गर्ने:
तपसिल:
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- कानूनी सहायता सम्बन्धी ऐन, २०५४
- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१
- मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५
- विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३
- संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७।
२. उपसमितिको आगामी बैठक मिति २०८३ साउन २० गते दिनको १:०० बजे “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५” को व्यवस्था र कार्यान्वयन अवस्थाका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग बस्ने गरी आजको बैठक सम्पन्न भयो।