बैठक विवरण
पूर्वाधार विकास समिति को ८ औं बैठक २०८३ श्रावण २५ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ४ घण्टा सम्म संचालन भयो। २७ मध्ये २१ उपस्थित
यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfय बमोजिम रहेको छः-
कार्यसूची
- समितिको आन्तरिक क्रियाकलापहरूको समीक्षा,
- राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल, र
- विविध।
बैठक कार्यविवरण
- खानेपानी, मानव विकास र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएको एक महत्त्वपूर्ण क्षेत्र हो। नेपालको संविधानको धारा ३० को उपधारा (४) ले स्वच्छ खानेपानी तथा सरसफाइमा पहँचलाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभतू गरेको छ। यिनै परिपेच्क्ष्यमा विरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिका, काठमाण्डौं उपत्यका लगायत घना बस्ती भएका गाउँ तथा सहरहरुमा खानेपानीको समस्या विकराल बन्दै गइरहेको छ।
सो सम्बन्धमा कार्य योजना सहित समस्या समाधान गर्न समिति समक्ष जानकारी गराउन पूर्वाधार विकास मन्त्रालयलाई मिति २०८३ साउन २८ गते दिनको १० वजे बस्ने बैठकमा आमन्त्रण गर्ने।
- प्रदेशगत रुपमा पेश भए बमोजिम उपसमिति गठन गर्ने र सोको TOR उपसमितिका माननीय सदस्यले तयारी गरी सचिवालयलाई दिने।
- विकासको गति बढाउन पूँजिगत खर्च बढाउनु पर्ने हुन्छ। त्यसको लागि आर्थिक वर्ष २०८३/०८४ मा कम्तिमा पनि ९० प्रतिशत पूँजिगत खर्च हुने व्यवस्था र कार्य योजना बनाएर कार्य गर्न निर्देशन दिने साथै पूँजिगत खर्चको लक्ष्य र अवस्था हरेक तीन-तीन महिनामा सम्बन्धित मन्त्रालयबाट माग गर्ने।
उपस्थिति रजिष्टर
२७
कुल सिट
२१
कुल उपस्थित
६
कुल अनुपस्थित
दलगत उपस्थिति
श्रम संस्कृति पार्टी
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
८८%
नेपाली काँग्रेस
७५%
नेपाली कम्युनिष्ट पार्टी
५०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३३%