बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
४४%
उपस्थिति
उपस्थिति
२७ मध्ये १२ उपस्थित
२०८३ श्रावण २२
बैठक मिति
३ घण्टा ४५ मिनेट
बिहान १०:०० बजे – दिउँसो १:४५ बजे
प्रतिनिधि सभा समिति

पूर्वाधार विकास समिति - बैठक ७

२०८३ श्रावण २२
३ घण्टा ४५ मिनेट
सम्पन्न
३ घण्टा ४५ मिनेट
अवधि
१२
कुल उपस्थित
१५
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २२

पूर्वाधार विकास समिति को ७ औं बैठक २०८३ श्रावण २२ मा समिति सभापति मा. आशिष गजुरेल को सभापतित्वमा सुरु भई ३ घण्टा ४५ मिनेट सम्म संचालन भयो। २७ मध्ये १२ उपस्थित

यस समितिको बैठक समितिका सभापति माननीय आशिष गजुरेलको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची, उपस्थिति र निर्णय देहfय बमोजिम रहेको छः-

कार्यसूची

१ विद्युतको वितरण लाइन,

२. विद्युतका पोलहरु व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइ, र

३. विविध ।

बैठक कार्यविवरण

समितिको आजको बैठकमा सडक निर्माण तथा विस्तारका क्रममा विद्युतका पोल, तार तथा अन्य संरचना समयमै स्थानान्तरण हुन नसक्दा सडक निर्माण कार्यमा अवरोध भएको, विद्युत आपूर्तिमा समेत समस्या देखिएको तथा विभिन्न जिल्लामा सर्वसाधारणले विद्युत अवरोधको समस्या भोग्नुपरेको विषयमा विस्तृत छलफल भयो। छलफलका क्रममा प्राप्त सुझाव तथा समस्याहरूलाई सम्बोधन गर्न देहायबमोजिम निर्देशन दिइएको छः

१. विद्युत पहुँच नपुगेका क्षेत्रलाई प्राथमिकता दिनेः केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका कर्णाली तथा सुदूरपश्चिम प्रदेश लगायतका अन्य दुर्गम क्षेत्रका बस्तीमा विद्युत् पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने।

२. सडक निर्माण सुरु गर्नुअघि संयुक्त सर्वेक्षण गर्नेः सडक विभाग र नेपाल विद्युत प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा निर्माण व्यवसायीसहित सडक निर्माण हुने क्षेत्रको संयुक्त सर्वेक्षण गरी सडक निर्माणमा असर पार्ने विद्युत्का पोल, तार, ट्रान्सफर्मर तथा अन्य संरचनाको पहिचान गर्नुपर्ने। सडकको ठेक्का सम्झौता गर्नुअघि नै विद्युत्का पोल तथा अन्य संरचना कहाँ र कहिलेसम्म स्थानान्तरण गर्ने भन्ने स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्नुपर्ने।

३. सडक निर्माण र विद्युत संरचना स्थानान्तरणलाई एकीकृत रूपमा अघि बढाउनेः सडक निर्माणको ठेक्का प्रक्रिया र विद्युत पोल तथा तार स्थानान्तरणको कार्यलाई छुट्टाछुट्टै प्रक्रियाका रूपमा नराखी आपसमा समन्वय गरी एकैसाथ अघि बढाउने व्यवस्था गर्नुपर्ने। यसका लागि सडक विभाग र नेपाल विद्युत प्राधिकरणले एकीकृत रूपमा काम गर्नु पर्दछ। सडकको चौडाइ विस्तार वा सडक निर्माण सम्पन्न भएपछि पुनः विद्युत्का पोल सार्नुपर्ने अवस्था आउन नदिन सडकको अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच आवश्यक समन्वय गर्नुपर्ने।

४. सडक निर्माणमा अवरोध भएका पोल तत्काल सार्नेः सडक निर्माण कार्य अवरुद्ध भइरहेका स्थानमा रहेका विद्युत पोल तथा तारलाई प्राथमिकताका आधारमा यथाशीघ्र स्थानान्तरण गरी निर्माण कार्य सुचारु गर्ने व्यवस्था नेपाल विद्युत् प्राधिकरणले मिलाउनुपर्ने। कमला-ढल्केवर-पथलैया पूर्वी खण्ड अन्तर्गत बाँकी रहेका १६५६ वटा बिजुलीको पोल र ८८ वटा क्रसिङ हटाउने र नागढुङ्गा-मुङ्लिङ सडकको विस्तार कार्य प्रारम्भ गरेको पाँच वर्ष भयो । सो स्थानको १८२ पोल अझै सार्न बाँकी रहेको जानकारी भयो। तसर्थ अबको ७ दिन भित्र उक्त १८२ र १६५६ वटा पोल स्थानान्तरण गर्न निश्चित अवधी तोकी कार्ययोजना उपलब्ध गराई बागमती सडक खण्ड ७ दिन भित्र गर्न योजना उपलब्ध गराई यथाशिघ्र कार्यान्वयन गर्न निर्देशन दिने।

५. वितरण प्रणाली सुधार गर्नेः विद्युत आपूर्तिमा बारम्बार अवरोध हुने, झ्याप झ्याप बत्ती जाने क्षेत्रको पहिचान गरी आवश्यकताअनुसार ट्रान्सफर्मर थप गर्ने, फिडर उपलब्ध गराउने गर्ने, पुराना संरचना सुधार गर्ने र वितरण प्रणालीमा आवश्यक लगानी बढाई विद्युत आपूर्ति नियमित तथा भरपर्दो बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने।


उपस्थिति रजिष्टर २७ मध्ये १२ उपस्थित
२७
कुल सिट
१२
कुल उपस्थित
१५
कुल अनुपस्थित
दलगत उपस्थिति
राष्ट्रिय स्वतन्त्र पार्टी
५९%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३३%
नेपाली काँग्रेस
२५%
नेपाली कम्युनिष्ट पार्टी
०%
श्रम संस्कृति पार्टी
०%