संसदीय सुनुवाइ समिति (संयुक्त) को १४ (चौध) औं बैठक २०८३ भाद्र ५ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये १० उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।
१) सूचना माग भएको सम्बन्धमा ।
२) अभिमुखीकरण कार्यक्रम सम्बन्धमा ।
३) विविध ।
१. समितिको मिति २०८३/०४/१३ को बैठकबाट श्री मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा समितिले गरेको अनुमोदनका सम्बन्धमा सचिवालयका सूचना अधिकारीमार्फत् सूचना मागकर्ता भेषराज लुइटेलबाट माग भएको सूचनाका सम्बन्धमा देहायबमोजिम लिखित जानकारी उपलब्ध गराउन समिति सचिवालयलाई निर्देश गर्नेः
- उजुरीकर्ताले समितिमा दर्ता गराएको उजुरी, प्रमाण, तथा संलग्न कागजातको सम्बन्धमाअध्ययन गरेको तथा सम्बन्धित उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी उजुरीकर्तासँग समेत छलफल गरेको थियो । उक्त उजुरीको अध्ययन तथा उजुरीकर्तासँग छलफल गर्ने क्रममा उजुरीकर्ताले दर्ता गराएको उजुरीको विषय सम्मानित सर्वोच्च अदालतबाट समितिबाट हुने सुनुवाइ पूर्व नै दरपीठ भैसकेको र सो दरपीठ इजलासबाट सदर समेत भइसकेको प्रमाण प्राप्त भएको हुँदा नेपालको संविधानको धारा १२६ बमोजिम उक्त उजुरीका सम्बन्धमा समितिमा थप छलफल आवश्यक नभएको निष्कर्षमा पुगेको थियो। उजुरीकर्तासँग समितिमा माननीय सदस्यहरूले छलफल गरेको अडियो तथा भिडियो रेकर्ड र बैठकको उपस्थितिको विवरणसहित उजुरीकर्तासँग भएको छलफलसम्बन्धी निर्णय समितिको निर्णयसमेत समितिको वेवसाइट https://hr.parliament.gov.np/np/commit tees/Parliamentary-Hearing-Committee-2082 मार्फत् सार्वजनिकै रहेको र निजलाई उपलब्ध गराउनुपर्ने थप सूचना रहेको नदेखिएकाले सोही बमोजिमको जानकारी सूचना अधिकारीलाई दिने।
२. संसदीय सुनुवाइ समितिको कार्यप्रकृति विशिष्ट रहेकाले समितिका माननीय सदस्यहरूको कार्यसम्पादन र समितिको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले यही मिति २०८३ भदौ १८ र १९ गते काठमाडौँ उपत्यका आसपासमा समितिका माननीय सदस्यहरूलाई दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने । उक्त कार्यक्रम गर्ने स्थान र स्रोत व्यक्तिहरूको नाम माननीय सभापतिसँगको परामर्शमा सचिवालयले तय गर्ने।
३. समितिलाई इमेलमार्फत् प्राप्त भएको श्री जयराम कुमालको सुरक्षा पाऊँ भन्ने निवेदनका सम्बन्धमा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा उक्त इमेल पठाउन र सोको जानकारी निवेदनकर्तालाई इमेलमार्फत् गराउन समिति सचिवालयलाई निर्देश गर्ने।