बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१३ (तेह्र)
औं बैठक
समिति
७३%
उपस्थिति
उपस्थिति
१५ मध्ये ११ उपस्थित
२०८३ श्रावण १३
बैठक मिति
२७ मिनेट
दिउँसो ३:०८ बजे – दिउँसो ३:३५ बजे
संयुक्त संसद समिति

संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १३ (तेह्र)

२०८३ श्रावण १३
२७ मिनेट
सम्पन्न
२७ मिनेट
अवधि
११
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १३

संसदीय सुनुवाइ समिति (संयुक्त) को १३ (तेह्र) औं बैठक २०८३ श्रावण १३ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई २७ मिनेट सम्म संचालन भयो। १५ मध्ये ११ उपस्थित

समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।

कार्यसूची

१. निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित श्री मान बहादुर कार्की, मोरङ निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बा, काठमाडौं तथा श्री गुरू प्रसाद वाग्‍ले, ओखलढुङ्गाको प्रस्तावित पदमा नियुक्तिको उपयुक्तता तथा अनुपयुक्तताका सम्बन्धमा निर्णय गर्ने।

२. विविध ।

बैठक कार्यविवरण

(१) संवैधानिक परिषद्को मिति २०८३ असार १९ गतेको निर्णयानुसार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा श्री मान बहादुर कार्की, मोरङलाई, निर्वाचन आयुक्तको पदमा श्री गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा डा. राजीब सुब्बा, काठमाडौंलाई नियुक्तिका लागि प्रस्ताव गरी नेपालको संविधानको धारा २९२ को उपधारा (1) बमोजिम संसदीय सुनुवाइका लागि समितिमा नाम प्राप्‍त भएकोमा सङ्‍घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्‍चालन) नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ बमोजिम समितिले सुनुवाइ गर्दा योग्यता, क्षमता, अनुभवसमेतका आधारमा प्रस्तावित पदहरूका लागि प्रस्तावित व्यक्तिहरू उपयुक्त देखिनुभएको हुँदा सोही नियमावलीको नियम २६ को उपनियम (५) बमोजिम श्री मान बहादुर कार्की, मोरङलाई निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा, श्री गुरु प्रसाद वाग्‍ले, ओखलढुङ्गा डा. राजीब सुब्बा, काठमाडौंलाई निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सर्वसम्मतिले अनुमोदन गर्ने।

(२) प्रस्तावित पदमा नियुक्तिका लागि अनुमोदित व्यक्तिहरूबाट वहाँहरूको योग्यता, क्षमता, अनुभव र समितिमा छलफल हुँदा आएका सुझावहरूसमेतलाई समावेश गरी नतिजामा आधारित परिष्कृत कार्ययोजना माग गर्ने र प्रस्तावित व्यक्तिहरूलाई अनुमोदन गरिएको समितिको निर्णयका साथ वहाँहरूले समितिसमक्ष पेश गर्नुभएको नतिजामा आधारित कार्ययोजनासमेत सम्बन्धित निकायमा पठाउने।




समिति सचिव सभापति

उपस्थिति रजिष्टर १५ मध्ये ११ उपस्थित
१५
कुल सिट
११
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
७३%