संसदीय सुनुवाइ समिति (संयुक्त) को १२ (बाह्र) औं बैठक २०८३ श्रावण १३ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ३ घण्टा १५ मिनेट सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित श्री मान बहादुर कार्की, मोरङलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने ।
(१) समितिको आजको बैठकमा संवैधानिक परिषद्को २०८३ असार १९ को निर्णयानुसार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित श्री मान बहादुर कार्की, मोरङलाई समितिमा आमन्त्रण गरी प्रस्तावित पदका सम्बन्धमा योग्यता, अनुभव, अवधारणा तथा कार्ययोजनाका सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ गर्ने कार्य सम्पन्न गरियो।
(२) समितिको अर्को बैठक आजै १५:१० बजे बस्ने गरी यो बैठक स्थगित भयो।