बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
संयुक्त समिति

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)

गठन मिति: २०८२ फाल्गुन १२ गते

१५
सदस्य
बैठक
विधायन गतिविधि

कार्यक्षेत्र

नेपालको संविधानको धारा ५४ मा रहेको व्यवस्था तथा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्‍चालन) नियमावली, २०८० बमोजिम नेपालको संविधानको भाग - ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्नु राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्ककन समितिको मुख्य कार्यक्षेत्र रहेको छ ।


सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्‍चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्‍चालनको लागि प्रतिनिधि सभाको कार्यसञ्‍चालन गर्न बनेको नियमावली बमोजिमको प्रक्रियालाई सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्नेछ । त्यसैगरी प्रतिनिधि सभाको कार्यसञ्‍चालन गर्न बनेको नियमावली बमोजिम गठित समितिलाई भएको सबै अधिकार यस समितिले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।

समिति सदस्यहरू

१५
सभापति
मा. गणेश कार्की
मा. गणेश कार्की

बैठकहरू