राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को सातौँ बैठक २०८३ आश्विन २ मा समिति सभापति मा. गणेश कार्की को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये ८ उपस्थित
नेपालको संविधानको धारा ५४ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक समितिका सभापति माननीय गणेश कार्कीको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची र छलफल एवम् निर्णय देहाय बमोजिम रहेको छ:
१. गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञ प्रा. डा. छत्रमणि शर्मासँग छलफल,
२. विविध।
छलफल तथा निर्णय:
समितिको आजको बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा वातावरण विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत विज्ञ प्रा. डा. छत्रमणि शर्मासँग छलफल तथा अन्तरक्रिया गरियो।
बैठकमा प्रा.डा. शर्माले जलवायु परिवर्तनको अवस्थाका सम्बन्धमा प्रस्तुतिकरण गर्नु भयो। प्रस्तुतिकरण पश्चात् माननीय सदस्यहरूले छलफलमा भाग लिँदै गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर तथा राज्यले आफ्नो तर्फबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चाल्नुपर्ने कदमका विविध पक्षमा आ-आफ्नो धारणा राख्नुहुँदै प्रस्तुतिकरणका विषयमा जिज्ञासा समेत राख्नु भयो। माननीय सदस्यहरूबाट उठाइएका जिज्ञासाहरूलाई विज्ञ प्रा.डा. शर्माले सम्बोधन गर्नुभयो।
तत्पश्चात् समितिको अर्को बैठक सूचना गरेपछि बस्ने गरी आजको बैठक स्थगित भयो।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०७ · २०८३ आश्विन २ · बिहान १०:३० देखि दिउँसो १२:३० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये ८ जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।