राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को छैटौँ बैठक २०८३ भाद्र ३१ मा समिति सभापति मा. गणेश कार्की को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये ८ उपस्थित
नेपालको संविधानको धारा ५४ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक समितिका सभापति माननीय गणेश कार्कीको सभापतित्वमा बस्यो। बैठकको कार्यसूची र छलफल एवम् निर्णय देहाय बमोजिम रहेको छ:
१. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका पूर्व सभापतिसँग छलफल,
२. विविध।
छलफल तथा निर्णय:
समितिको आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका पूर्व सभापति ठाकुर प्रसाद गैरेसँग छलफल गरियो। छलफलमा पूर्व सभापतिले यस समिति गठन गर्नुको उदेश्य, काम, कर्तब्य र अधिकार, समितिको कार्यक्षेत्र साथै समितिको अवधारणा माथि प्रकाश पार्नुभयो। छलफलका क्रममा समितिले बिगतमा गरेका कामकारवाही, अनुभव, कार्यसम्पादनका शिलशिलामा देखापरेका कठिनाईहरु र आगामी दिनमा समितिलाई अझ प्रभावकारी बनाउन चाल्नुपर्ने कदमहरुका बारेमा सुझावहरु प्रस्तुत गर्नुभयो। बैठकमा समसामयिक विषय लगायत प्राकृतिक विपत्तिका घटनालाई कसरी सम्बोधन गरेर अघि बढ्ने भन्ने बिषयमा समेत छलफल भयो।
तत्पश्चात् समितिको अर्को बैठक सूचना गरेपछि बस्ने गरी आजको बैठक स्थगित भयो।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०६ · २०८३ भाद्र ३१ · बिहान ११:१५ देखि दिउँसो १२:४५ सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये ८ जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।