राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को ०४ औं बैठक २०८३ श्रावण २१ मा समिति सभापति मा. गणेश कार्की को सभापतित्वमा सुरु भई ३ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये १४ उपस्थित
नेपालको संविधानको धारा ५४ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक समितिका सभापति माननीय गणेश कार्कीको सभापतित्वमा बस्यो। बैठकको उपस्थिति, बैठकको कार्यसूची र छलफल एवम् निर्णय देहाय बमोजिम रहेको छ:
१.मुलुकको वर्तमान अवस्था र समसामयिक बिषय,
२.विविध।
छलफल तथा निर्णय:
समितिको आजको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल भयो। बैठकमा मुलुकको वर्तमान अवस्थाका विविध बिषय लगायत केही समय अगाडी सुनसरी जिल्लाको देवानगञ्ज नगरपालिका स्थित कप्तानगञ्ज तथा देशका विभिन्न स्थानमा भएको धार्मिक द्धन्दका बिषयमा समितिका माननीय सदस्यहरुले आ-आफ्नो धारणा र सुझाव राख्नुभयो।छलफल पश्चात समितिले देहाय बमोजिमको निर्णय गर्यो।
1. धार्मिक सहिष्णुता र पारस्पारिक हार्दिकता बढाउने सम्बन्धमा हाम्रो विगत, वर्तमान र अन्तराष्ट्रिय अभ्यासको समेत अध्ययन गरी सुझाव सहित प्रतिवेदन पेश गर्न माननीय सदस्य सुरेन्द्र चौधरीको संयोजकत्वमा देहाय बमोजिमको पाँच सदस्यीयसामाजिक सहअस्तित्व एवं राज्यको दायित्व अध्ययन उपसमिति गठन गर्नेः
- माननीय सदस्य सुरेन्द्र चौधरी - संयोजक
- माननीय सदस्य जनक राज गिरी - सदस्य
- माननीय सदस्य प्रा. डा. पुष्पराज कंडेल - सदस्य
- माननीय सदस्य रमेश प्रसाई - सदस्य
- माननीय सदस्य रिमा विश्वकर्मा - सदस्य
2. उपसमितिको कार्यावधि उपसमितिले काम शुरु गरेको मितिबाट तीन (3) महिनाको रहने।
तत्पश्चात् समितिको अर्को बैठक सूचना गरेपछि बस्ने गरी आजको बैठक स्थगित भयो ।
........................... ...................
(प्रकाश अधिकारी) (गणेश कार्की)
समिति सचिव माननीय सभापति