बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
०५
औं बैठक
समिति
६०%
उपस्थिति
उपस्थिति
१५ मध्ये ९ उपस्थित
२०८३ भाद्र ४
बैठक मिति
२ घण्टा
दिउँसो १:०० बजे – दिउँसो ३:०० बजे
संयुक्त संसद समिति

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) - बैठक ०५

२०८३ भाद्र ४
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ४

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को ०५ औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. गणेश कार्की को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये ९ उपस्थित

नेपालको संविधानको धारा ५४ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्‍चालन) नियमावली, २०८० को नियम २८ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक समितिका सभापति माननीय गणेश कार्कीको सभापतित्वमा बस्यो। बैठकको उपस्थिति, बैठकको कार्यसूची र छलफल एवम् निर्णय देहाय बमोजिम रहेको छ:

कार्यसूची

कार्यसूची:

1.लैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा,

2.विविध।

बैठक कार्यविवरण

छलफल तथा निर्णय:

समितिको आजको बैठकमा लैङ्गिक असमानता अध्ययन उपसमितिको कार्यप्रगति विवरण एवम् विविध विषयमा छलफल गरियो। बैठकमा लैङ्गिक असमानता अध्ययन उपसमितिका संयोजक मा. मदन कुमारी शाह (गरिमा)ले उपसमितिले हालसम्म गरेको कार्यप्रगति बारे जानकारी दिँदै उपसमितिलाई प्रदान गरिएको समयावधि भित्र उपसमितिलाई दिइएको जिम्मेवारी पूरा गर्न कठिन हुने देखिएकोले उपसमितिको समयावधि थप गर्न समेत अनुरोध गर्नुभयो। यस बिषयमा समितिका सदस्यहरुले आ-आफ्नो धारणा र सुझाव राख्‍नुभयो। छलफल पश्चात् समितिको आजको बैठकले देहाय बमोजिमका निर्णय गर्यो:

“लैङ्गिक असमानता अध्ययन उपसमितिका संयोजकले म्याद थपको लागि अनुरोध गर्नु भए अनुसार म्याद समाप्त हुने मिति २०८३/०५/०८ बाट लागू हुने गरी लैङ्गिक असमानता अध्ययन उपसमितिको समयावधि 2 (दुई) महिना थप गर्ने।”

तत्पश्‍चात् समितिको अर्को बैठक सूचना गरेपछि बस्ने गरी आजको बैठक स्थगित भयो।

उपस्थिति रजिष्टर १५ मध्ये ९ उपस्थित
१५
कुल सिट
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
६०%