बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१६ (सोह्र)
औं बैठक
समिति
६१%
उपस्थिति
उपस्थिति
२८ मध्ये १७ उपस्थित
२०८३ भाद्र ८
बैठक मिति
२ घण्टा १५ मिनेट
बिहान ११:०० बजे – दिउँसो १:१५ बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक १६ (सोह्र)

२०८३ भाद्र ८
२ घण्टा १५ मिनेट
सम्पन्न
२ घण्टा १५ मिनेट
अवधि
१७
कुल उपस्थित
११
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ८

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १६ (सोह्र) औं बैठक २०८३ भाद्र ८ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा १५ मिनेट सम्म संचालन भयो। २८ मध्ये १७ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची
  1. "पर्यटन विधेयक, २०८१" सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल,
  2. विविध ।
बैठक कार्यविवरण

“पर्यटन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१”को सम्बन्धमा पर्वतारोहण क्षेत्र सम्बद्ध सरोकारवालासँग छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य, नेपाल पर्वतारोहण संघका अध्यक्षलगायत सम्बद्ध पर्वतारोहण क्षेत्रका सरोकारवालाहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-

१. “पर्यटन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१”को सम्बन्धमा देहायका प्रतिनिधि तथा सरोकारवालाहरूले आफ्नो धारणा राख्नुभयो -

  1. रामकृष्ण लामिछाने, पर्यटन विभाग
  2. पेम्बा शेर्पा, नेपाल पर्यटन बोर्ड
  3. फुर्बा शेर्पा ,नेपाल पर्वतारोहण संघ
  4. सागर पाण्डे, TAAN
  5. डम्बर पराजुली, Himalayan Rescue Operation
  6. तुलसी गुरुङ Mountain Guide Association
  7. माया शेर्पा, सगरमाथा आरोही संघ
  8. छिरिङ्ग शेर्पा, SPCC
  9. ऋषि भण्डारी Expedition Operator Association
  10. दावा स्टिभेन शेर्पा Asian Trekking

उहाँहरूले पर्वतारोहणका विविध पक्षहरूको चर्चा गर्दै आफूले प्रतिनिधित्व गर्ने संघ-संस्था वा क्षेत्रका चासो र सरोकारका विषयमा समितिलाई अवगत गराउनुभयो । विशेष गरी, पर्यटनको उन्नयनका लागि लामो समयदेखि सरकारसँगै प्रयत्नशील सरोकारवाला संघ-संस्थाहरूलाई विधेयकले सम्बोधन गर्नुपर्ने र एकीकृत रूपमा अघि बढ्नुपर्ने उहाँहरूको राय थियो । हिमाली क्षेत्रको फोहोर व्यवस्थापन, हिमालको भार वहन क्षमता (Carrying Capacity), उद्वार कार्यमा सुधारजस्ता पछिल्ला समय देखिएका मुद्दाहरूमा पनि उहाँहरूले प्रकाश पार्नुभयो । साथै, सम्पर्क अधिकृत राख्ने व्यवस्थामा सुधार, हिमालको नामाकरण, टोली नेताको राष्ट्रियताको योग्यताजस्ता विषयमा समेत उहाँहरूले माननीययज्यूहरूको ध्यानाकर्षण गर्नुभयो । पछिल्लो समय पर्वतारोहणमा काम गर्नेहरू क्रमशः घट्ने क्रममा रहेकोमा चिन्ता व्यक्त गर्दै सरकारले कल्याणकारी कोषको स्थापना, विमा रकमको वृद्धिलगायतका प्रोत्साहनका गतिविधि गर्न अत्यावश्यक रहेको पनि उहाँहरूले औँल्याउनुभयो ।

२. छलफलको क्रममा समितिका माननीय सदस्यहरुले सरोकारवालासहित सबैको हित हुने गरी विधेयकमा प्रावधानहरू समावेश गर्ने प्रयत्न गरिने भन्दै समसामयिक परिवेश एवम् दीर्घकालीन सोच अनुसार विधेयकको सुधार गर्न समिति तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।

...........................................

(मा. सुम्‍नीमा उदास)

सभापति

.........................................................

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव

उपस्थिति रजिष्टर २८ मध्ये १७ उपस्थित
२८
कुल सिट
१७
कुल उपस्थित
११
कुल अनुपस्थित
दलगत उपस्थिति
श्रम संस्कृति पार्टी
१००%
नेपाली काँग्रेस
७५%
राष्ट्रिय स्वतन्त्र पार्टी
६८%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
नेपाली कम्युनिष्ट पार्टी
०%