बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१४ (चौध)
औं बैठक
समिति
६१%
उपस्थिति
उपस्थिति
२८ मध्ये १७ उपस्थित
२०८३ श्रावण २९
बैठक मिति
१ घण्टा
दिउँसो २:३० बजे – दिउँसो ३:३० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक १४ (चौध)

२०८३ श्रावण २९
१ घण्टा
सम्पन्न
१ घण्टा
अवधि
१७
कुल उपस्थित
११
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २९

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १४ (चौध) औं बैठक २०८३ श्रावण २९ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई १ घण्टा सम्म संचालन भयो। २८ मध्ये १७ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची

१. "परराष्ट्र मामिला सम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल,

२. विविध ।

बैठक कार्यविवरण

परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा पूर्व मुख्यसचिव, पूर्व परराष्ट्र सचिव एवम् पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीलगायत परराष्ट्र मन्त्रालयका सचिव र अन्य कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-

  1. समितिसमक्ष श्री शंकरदास बैरागीज्यूले नेपालको परराष्ट्र नीतिका संवैधानिक आधार, राष्ट्रिय हित तथा सुरक्षाका प्राथमिकता, वर्तमान अभ्यास, चुनौती र भावी दिशासम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । उहाँले नेपालको परराष्ट्र नीति बदलिँदो भूराजनीतिक परिस्थिति, महाशक्तिहरूवीचको प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व, जलवायु परिवर्तन तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थाबाट प्रभावित भइरहेको उल्लेख गर्दै दीर्घकालीन राष्ट्रिय हितका आधारमा परराष्ट्र नीतिको प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राख्नुभयो । परराष्ट्र नीतिमा राष्ट्रिय सहमति, नीतिगत निरन्तरता, परराष्ट्र मन्त्रालयको समन्वयकारी भूमिका तथा कूटनीतिक क्षमता अभिवृद्धिको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भूराजनीतिक जोखिम मूल्याङ्कन, रणनीतिक स्वायत्तता तथा आर्थिक कूटनीति सुदृढ गर्नुपर्ने राय व्यक्त गर्नुभयो । क्षेत्रीय तथा बहुपक्षीय सहकार्यलाई प्रभावकारी साना र कमजोर राष्ट्रहरूको हित संरक्षणका लागि बहुपक्षीय प्रणाली सुदृढ गर्न नेपालले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने विषयसमेत उहाँले प्रस्तुत गर्नुभयो ।
  2. समितिका माननीय सदस्यहरूले अर्थपूर्ण प्रस्तुतिकरणका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीप्रति आभार प्रकट गर्दै नेपालको द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सम्बन्धका विविध आयाम एवम् अन्तर्राष्ट्रिय राजनीतिका समसामयिक मामिलाबारे छलफल गर्नुभयो ।

समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।

(मा. सुम्‍नीमा उदास)

सभापति


(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव



उपस्थिति रजिष्टर २८ मध्ये १७ उपस्थित
२८
कुल सिट
१७
कुल उपस्थित
११
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
७५%
राष्ट्रिय स्वतन्त्र पार्टी
५८%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
श्रम संस्कृति पार्टी
०%