बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
९ (नौं)
औं बैठक
समिति
७९%
उपस्थिति
उपस्थिति
२८ मध्ये २२ उपस्थित
२०८३ श्रावण १
बैठक मिति
३ घण्टा
बिहान ११:०० बजे – दिउँसो २:०० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक ९ (नौं)

२०८३ श्रावण १
३ घण्टा
सम्पन्न
३ घण्टा
अवधि
२२
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को ९ (नौं) औं बैठक २०८३ श्रावण १ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २८ मध्ये २२ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल जानकारी एवम् निर्णय भयो ।

कार्यसूची

१. अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफल,

२. विविध ।

बैठक कार्यविवरण

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठक समितिका सभापति मा. सुम्‍नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा संवैधानिक आयोगका पदाधिकारी, कूटनीतिक प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, सम्बन्धित विषय विज्ञलगायत कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहायबमोजिम रहेको छ ।

१. समितिमा देहायका पदाधिकारी, प्रतिनिधि तथा विज्ञहरूले “अभौतिक सांस्कृतिक सम्पदाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” बारे आ-आफ्नो धारणा व्यक्त गर्नुभयो-

  1. आदिवासी जनजाती आयोगका माननीय सदस्य डा. मीन बहादुर श्रीस
  2. युनेस्को नेपालका देशीय प्रतिनिधि ज्याको डु ट्वा (Jaco Du Toit)
  3. प्रा.डा. नील कमल चापागाईं
  4. डा. सोम धिमाल
  5. भीम नेपाल

उहाँहरूले विधेयकको औचित्य, समुदायको स्वतन्त्र, पूर्व तथा सुसूचित सहमतिको आवश्यकता, अन्तर्राष्ट्रिय रूपमा प्रचलित अनुकरणीय अभ्यास, एकीकृत सूचीको सान्दर्भिकता, आर्थिक श्रोतको दिपोगनाजस्ता विषयहरूको चर्चा गर्दै अभौतिक संस्कृतिको संरक्षणका लागि सूचीकरण गर्नु भनेको साध्य नभई साधन मात्र भएको कुरा औँल्याउनुभयो । संविधान, युनेस्को महासन्धि तथा विद्यमान नीतिसँग विधेयकका प्रावधानको तुलनात्मक विवेचना गर्दै उहाँहरूले अभौतिक संस्कृतिको संरक्षणका लागि पुस्तान्तरण, खोज तथा अनुसन्धान, सचेतना अभिवृद्धि र समुदायको दायित्व आवश्यक रहेको राय पनि समितिसमक्ष प्रस्तुत गर्नुभयो ।

२. समितिका माननीय सदस्यहरूले विधेयकको नामको शाब्दिक अभिप्राय, विधेयकप्रति सबै समुदायहरूको अपनत्व, विद्युतीय अभिलेखीकरण, समुदायको संस्कृति र जनजीविकाको अन्तर्सम्बन्ध, बौद्धिक सम्पतिको अधिकार, बढ्दो डायस्पोराले बदलेको सांस्कृतिक परिदृष्य, फरक क्षमता भएका नागरिकहरूको सांस्कृतिक अधिकारजस्ता गहन विषयमा आफ्नो धारणा तथा जिज्ञासा राख्नुभयो । मूल कानूनलाई लचिलो तर दूरदर्शी बनाउनुपर्ने भएको भन्दै माननीयज्यूहरूले अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, वर्गीकरण, संरक्षण तथा पुस्तान्तरणका विविध विषयमा भनाई राख्नुभयो ।

३. माननीय सदस्यज्यूहरूको जिज्ञासा सम्बोधनका क्रममा विज्ञज्यूहरू तथा मन्त्रालयको संस्कृति महाशाखा प्रमुखले विधेयकको नामको शाब्दिक अर्थ, आर्थिक व्यवस्थापनका अवसर तथा चुनौती, समुदायको प्रभावकारी एवं वास्तविक सहभागिताजस्ता विषयमा प्रकाश पार्नुभयो । साथै, संस्कृतिको मौलिकता जोगाउने वा व्यावसायिक बनाउने भन्ने कुराको अवधारणात्मक स्पष्टताको आवश्यकता भएको समेत उहाँहरूले धारणा राख्नुभयो।

४. “अभौतिक सांस्कृतिक सम्पदाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक , २०८१” को अध्ययन प्रयोजनार्थ गठित उपसमितिको संयोजकमा मा. अनुष्का श्रेष्ठ रहनुहुने गरी निर्णय गरियो । अन्य उपसमितिहरू पनि गठन हुने क्रममा भएको सन्दर्भमा माननीयज्यूहरूको रूचि र विज्ञताको आधारमा उपसमितिमा सदस्यहरू निर्धारण गर्ने निर्णय गरियो ।


समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।


...........................................

(मा. सुम्‍नीमा उदास)

सभापति


.........................................................

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव

उपस्थिति रजिष्टर २८ मध्ये १७ उपस्थित
२८
कुल सिट
१७
कुल उपस्थित
११
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली काँग्रेस
७५%
राष्ट्रिय स्वतन्त्र पार्टी
६३%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
नेपाली कम्युनिष्ट पार्टी
५०%
श्रम संस्कृति पार्टी
०%