बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
६४%
उपस्थिति
उपस्थिति
२८ मध्ये १८ उपस्थित
२०८३ असार १७
बैठक मिति
२ घण्टा ३० मिनेट
दिउँसो १२:३० बजे – दिउँसो ३:०० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

२०८३ असार १७
२ घण्टा ३० मिनेट
सम्पन्न
२ घण्टा ३० मिनेट
अवधि
१८
कुल उपस्थित
१०
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार १७

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १ औं बैठक २०८३ असार १७ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा ३० मिनेट सम्म संचालन भयो। २८ मध्ये १८ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको बैठकमा समितिका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल, जानकारी एवम् निर्णय भयो ।

कार्यसूची

छलफलका विषयहरू:


  1. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्ष (Wellness Year) का रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल,
  2. नेपाल नागरिक उड्‍डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल,
  3. विविध ।
बैठक कार्यविवरण


अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री खडक राज पौडेलज्यू, मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ ।

  1. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट आरोग्य वर्ष २०२७को सम्बन्धमा हालसम्म गरिएको पूर्वतयारी, नीतिगत व्यवस्था, रणनीति, संस्थागत संयन्त्र तथा कार्यगत अवस्थाका सम्बन्धमा प्रस्तुति भयो । त्यस्तै, समितिले दिएको निर्देशन कार्यान्वयनका सम्बन्धमा भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाई, पूर्वाधार मर्मत-सम्भार तथा व्यवस्थापकीय सुधारका कार्यहरूबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट समितिसमक्ष विस्तृत रूपमा प्रस्तुति भयो । प्राधिकरणबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था, वित्तीय स्थिति तथा अन्तर्राष्ट्रिय उडान प्रवर्धनका विषयमा प्रतिवेदन पेश गरी नेपाललाई युरोपियन युनियनको Air Safety List बाट निकाल्न भईरहेका पछिल्ला प्रयासहरूबारे पनि समितिलाई अवगत गराइयो ।
  2. छलफलमा माननीयज्यूहरूले छोटो समयमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्न भएका सुरुवाती प्रयासहरूका लागि धन्यवाद व्यक्त गर्दै सो कार्यको निरन्तरता र थप सुधारको पनि अपेक्षा गर्नुभयो । साथै, नेपालभरका अन्य विमानस्थलहरूको पनि सुधारको लागि जोड दिँदै उहाँहरूले एयर ट्राफिक व्यवस्थापन, निजी क्षेत्रसँगको साझेदारी, फरक क्षमता भएका व्यक्तिहरूको सजह पहुँच र विमानस्थलमा रहने कर्मचारीहरूको क्षमतावृद्धिको विषय उठान गर्नुभयो । विमानस्थलभित्र वस्तु तथा सेवा खरिद गर्दा यात्रुहरूले अस्वाभाविक मूल्य तिर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै उहाँहरूले यसको पुनरावलोकन गर्दै न्यूनतम सेवा मापदण्ड तय हुनुपर्ने राय प्रकट गर्नुभयो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका निम्ति उहाँहरूले विदेशी वायुसेवामा मात्रै निर्भर नभई नेपालले नै विमानहरू लिज गरी आफैँले अग्रसरता देखाउन सकिने भन्दै त्यसका लागि नीतिगत तथा कानूनी रूपमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । आरोग्य वर्षका सन्दर्भमा माननीयज्यूहरूले आरोग्य नेपालको अत्यन्त सम्भावना बोकेको क्षेत्र रहेको जिकिर गर्दै नेपालले यसमा आफ्नो मौलिक पहिचान स्पष्ट पार्नुपर्ने, सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय प्रमाणीकरण, मानव संसाधन विकास र ब्रान्डिङमा ध्यान दिनुपर्ने बताउनुभयो । आरोग्य मानव स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषय भएकाले यसका पद्धतिहरूको वैज्ञानिक प्रमाणीकरण तथा उपयुक्त नियमन आवश्यक रहेको पनि उहाँहरूले औँल्याउनुभयो। आरोग्य वर्ष २०२७ सुरु हुन ६ महिना मात्र बाँकी रहेको अवस्थामा शीघ्र तयारी गर्दै अघि बढ्नु पर्नेमा सदस्यहरूको जोड थियो ।
  3. माननीयज्यूहरूको जिज्ञासा सम्बोधन गर्ने क्रममा माननीय मन्त्री खडक राज पौडेलज्यूले नेपाल देवभूमी भएको कुरा उल्लेख गर्दै सरकार आरोग्य वर्ष मनाउने कुरामा मात्रै सीमित नभई नेपाल आरोग्यको आधारभूमि भएको सन्देश विश्वलाई दिन क्रियाशील रहेको जनाउनुभयो । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा घोषणा गरेको विषय उल्लेखनीय उपलब्धि रहेको भन्दै उहाँले आरोग्यलाई स्पा वा मसाजका रूपमा मात्र नभई वृहत्तर रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । त्यस्तै प्राधिकरणका महानिर्देशकज्यूले विमानस्थलको सुधारको निरन्तरताको लागि संयन्त्रहरू रहेको बताउँदै थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिज्ञासा सम्बोधनका क्रममा गुणस्तर व्यवस्थापन, विद्यमान कानूनी जटिलता, भौगोलिक तथा प्राविधिक सीमितताजस्ता विविध विषयमा समेत प्रकाश पार्नुभयो ।
  4. निकट भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय अवस्था, समस्या र चुनौती लगायत विषयमा अध्ययन गर्न स्थलगत भ्रमण गर्ने निर्णय गरियो ।
  5. समितिको अर्को बैठकमा माननीय परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्ने निर्णय गरियो ।


समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।


…...........................................

(मा. सुम्‍नीमा उदास)

सभापति


.........................................................

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव


उपस्थिति रजिष्टर २८ मध्ये १८ उपस्थित
२८
कुल सिट
१८
कुल उपस्थित
१०
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
७५%
राष्ट्रिय स्वतन्त्र पार्टी
५८%
श्रम संस्कृति पार्टी
०%