बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
८ (आठ)
औं बैठक
समिति
६४%
उपस्थिति
उपस्थिति
२८ मध्ये १८ उपस्थित
२०८३ असार ३०
बैठक मिति
२ घण्टा १० मिनेट
बिहान ९:०० बजे – बिहान ११:१० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक ८ (आठ)

२०८३ असार ३०
२ घण्टा १० मिनेट
सम्पन्न
२ घण्टा १० मिनेट
अवधि
१८
कुल उपस्थित
१०
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार ३०

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को ८ (आठ) औं बैठक २०८३ असार ३० मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा १० मिनेट सम्म संचालन भयो। २८ मध्ये १८ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल, जानकारी एवम् निर्णय भयो ।

कार्यसूची

१. अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल,

२. विविध ।

बैठक कार्यविवरण

“अभौतिक सांस्कृतिक सम्पदाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक , २०८१” को प्रारम्भिक एवम् सैद्धान्तिक छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, मन्त्रालयका सचिवलगायत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णयदेहाय बमोजिम रहेको छ ।

१. “अभौतिक सांस्कृतिक सम्पदाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” को सन्दर्भ, उद्देश्य, औचित्य र महत्वका विषय तथा सैद्धान्तिक पक्षबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूबाट प्रस्तुति भयो । नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्षराष्ट्र भएको र संवैधानिक व्यवस्थालाई पनि कार्यान्वयन गर्नुपर्ने भएकोले सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन सम्बन्धमा कानून बनाउनुपर्ने दायित्व सिर्जना भएको समितिसमक्ष अवगत गराइयो ।

२. मन्त्रालयको संस्कृति महाशाखा प्रमुखले परम्परागत रूपमा अभ्यास र पुस्तान्तरण गर्दै आएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण गर्न आवश्यक देखिएको र अभौतिक सम्पदाको सूची अभिलेखीकरण, संरक्षण र सम्बर्धनमा विधेयक महत्त्वपूर्ण रहेको बताउदै विधेयकको नाम, वित्तीय स्रोत सुनिश्चितता र दण्ड सजाय सम्बन्धमा आफ्नो राय राख्नुभयो । नेपाल सन् २०१० मै अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको पक्षराष्ट्र भएसके तापनि हालसम्म कानून नबनेको अवस्थामा उत्पन्न भएका जटिलताहरूको व्याख्या गर्दै उहाँले शीघ्र कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

३. समितिका माननीय सदस्यहरूले परम्परागत रूपमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण हुँदै आएकोमा हाल कानूनमार्फत् व्यवस्थित तरिकाले सम्बोधन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो। बढ्दो शहरीकरण, आधुनिकीकरण तथा विश्वव्यापीकरणले गर्दा अभौतिक सम्पदाहरू संकटमा परेको उल्लेख गर्दै उहाँहरूले अभौतिक संस्कृति नेपालको जीवन्त पहिचान रहेको र यसको सूचीकरण मात्र नभई संरक्षण गर्दै पुस्तान्तरण गर्नु सबैको दायित्व रहेको औँल्याउनुभयो । विधेयकमा समुदायको स्वतन्त्र, पूर्व र सुसूचित सहमति हुनुपर्ने भन्दै माननीयज्यूहरूले आर्थिक स्रोतको सुनिश्चितता महत्वपूर्ण कुरा रहेको बताउनुभयो । समुदायभित्र पनि हुन सक्ने विविधता, समुदायको वास्तविक प्रतिनिधिको पहिचान जस्ता कुराहरू विधेयकले सम्बोधन गर्नुपर्ने बताउँदै उहाँहरूले तीनै तहका सरकारले यसको स्वामित्व लिनुपर्ने राय पनि राख्नुभयो ।

४. समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री खडकराज पौडेलले यो विधेयक मूल कानूनको रूपमा आउन लागेको भन्दै यसलाई लचिलो तथा दूरदर्शी रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । माननीय सदस्यज्यूहरूले राख्‍नुभएका जिज्ञासाहरू सम्बोधन गर्दै मन्त्रीज्यूले अभौतिक संस्कृतिका सम्बन्धमा वृहत्तर सैद्धान्तिक दृष्टिकोण पनि प्रस्तुत गर्नुभयो ।

५. समितिको अर्को बैठकमा "अभौतिक सांस्कृतिक सम्पदाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१" को सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरियो ।


समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।


...........................................

(मा. सुम्‍नीमा उदास)

सभापति


.........................................................

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव

उपस्थिति रजिष्टर २८ मध्ये १८ उपस्थित
२८
कुल सिट
१८
कुल उपस्थित
१०
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
६८%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
नेपाली काँग्रेस
५०%
श्रम संस्कृति पार्टी
०%