बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
३३८
औं बैठक
समिति
९२%
उपस्थिति
उपस्थिति
१२ मध्ये ११ उपस्थित
२०८३ श्रावण २०
बैठक मिति
२ घण्टा
बिहान ११:०० बजे – दिउँसो १:०० बजे
राष्ट्रिय सभा समिति

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति - बैठक ३३८

२०८३ श्रावण २०
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
११
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २०

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को ३३८ औं बैठक २०८३ श्रावण २० मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १२ मध्ये ११ उपस्थित

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठक समितिका सभापति मा. जयन्ती देवी राईज्यूको सभापतित्वमा बस्यो। आजको बैठकमा मा. सदस्यहरुको उपस्थिति देहाय बमोजिम रहेको छ ।


कार्यसूची
  1. दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन सम्बन्धमा
बैठक कार्यविवरण

समितिको आज मिति २०८३/०४/२० गते बुधबार समितिका माननीय सभापति जयन्ती देवी राईको सभापतित्वमा बैठक बस्यो। बैठकमा उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गणस्तर, बजार अनुगमन, उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय गौरी कुमारी, मन्त्रालयका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री मोतीराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधि लगायतले आ-आफ्ना धारणा राख्नुभयो।


निर्णयः

  1. समितिले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई देहायको निर्देशन दिने निर्णय भयोः
  2. बजारमा खाना पकाउने ग्यासको उपलब्धता सुनिश्चितता गर्ने,
  3. देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालोबजारी नियन्त्रण गर्ने,
  4. दैनिक उपभोग्य वस्तु तथा सेवाहरुमा अस्वभाविक रुपले भईरहेको मूल्य वृद्धिमा नियन्त्रण गर्ने,
  5. सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित सञ्चालन र क्षेत्रगत दायरा विस्तार गर्ने,
  6. प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रुपमा राख्ने व्यवस्था गर्ने,
  7. तहगत सरकार र अन्तर मन्त्रालयबीच समन्वय र सहकार्य गर्दै नियमित रुपमा बजार अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
  8. उपभोक्ता अदालतलाई प्रभावकारी बनाई उपभोक्ताको हितमा उजुरी सुनुवाई गर्ने,
  9. सातै प्रदेशमा प्रयोगशाला (ल्याब)को व्यवस्था गरी उपभोग्य वस्तुको परीक्षण गर्ने।
  10. समितिबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला र चितवन जिल्लाका स्थानीय निकायहरुसँग समितिका कार्यक्षेत्रका सम्बन्धमा उपयुक्त समयमा छलफल, अन्तरक्रिया र स्थलगत अनुगमन गर्ने।





(कान्छा दुलाल) (जयन्ती देवी राई)

समिति सचिव सभापति



उपस्थिति रजिष्टर १२ मध्ये ११ उपस्थित
१२
कुल सिट
११
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
८३%