बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
११ (एघार)
औं बैठक
समिति
५७%
उपस्थिति
उपस्थिति
२८ मध्ये १६ उपस्थित
२०८३ श्रावण २२
बैठक मिति
३ घण्टा ३० मिनेट
बिहान १०:३० बजे – दिउँसो २:०० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक ११ (एघार)

२०८३ श्रावण २२
३ घण्टा ३० मिनेट
सम्पन्न
३ घण्टा ३० मिनेट
अवधि
१६
कुल उपस्थित
१२
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २२

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को ११ (एघार) औं बैठक २०८३ श्रावण २२ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई ३ घण्टा ३० मिनेट सम्म संचालन भयो। २८ मध्ये १६ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची

१. "पर्यटन विधेयक, २०८१" सम्बन्धमा विषय विज्ञहरूसँग छलफल,

२. विविध ।

बैठक कार्यविवरण

“पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१” को सम्बन्धमा विज्ञहरूसँग छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । समिति बैठकमा पर्यटन सम्बन्धी विज्ञहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायका सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो । बैठकको प्रस्तुति, छलफल तथा निर्णयहरू देहायबमोजिम रहेको छ ।

१. समिति बैठकमा देहायका पर्यटन विज्ञहरूले "पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१" बारे आफ्नो धारणा राख्नुभयो :-

  1. पूर्व गभर्नर तथा सचिव दिपेन्द्र पुरुष ढकाल,
  2. नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख दिपकराज जोशी,
  3. पूर्व सहसचिव बलसागर गिरी
  4. काठमाडौं विश्वविद्यालयका उप-प्राध्यापक स्मृती कला पन्त,
  5. अधिवक्ता घनेन्द्र रश्रेष्ठ

उहाँहरूले विधेयकको सबल र कमजोर दुवै पक्षहरूमा विवेचना गर्दै माननीयज्यूहरूले देखाउनु भएको सक्रियताको प्रशंसा गर्नुभयो । विधेयकमा सङ्घीय तहहरूको अधिकारक्षेत्र पनि स्पष्ट र समन्वययकारी रुपमा किटान गरिनुपर्ने भन्दै एकीकृत रुपमा सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायको सहभागिताबाट पर्यटनको विकास गर्नुपर्ने उहाँहरूले बताउनु भयो । विधेयकले पर्यटन नीतिले निर्देश गरेका खाका अनुरुप कानूनी व्यवस्था सुनिश्चित गर्नुपर्ने र यथोचित प्रक्रियागत विषयहरू नियमावलीमा राख्ने व्यवस्था गर्नुपर्ने वहाहरूको राय थियो । विज्ञहरूले नेपालको पर्यटनलाई साहसिक पर्यटनमा मात्र केन्द्रीत नभई वृहत्तर रुपमा अघि बढाउनु पर्ने र दिगोपना, उत्थानशीलता एवम् समावेशीतालाई पनि सम्बोधन गर्नुपर्ने राय प्रकट गर्नुभयो । पर्यटन क्षेत्रलाई आर्थिक दृष्टिकोणमा मात्र नभएर सजीव पारिस्थितिक प्रणालीका रुपमा हेर्नुपर्ने र यस क्षेत्रको गतिशीलता बढाउन सरकारी नीतिमा खुकुलोपना तर कार्यान्वयनमा कडाई गर्नुपर्ने वहाँहरूको धारणा थियो ।

२. समितिका माननीय सदस्यहरूले विज्ञहरूको सारभूत एवम् गहन प्रस्तुतिको लागि धन्यवाद व्यक्त गर्दै पर्यटन विकास प्राधिकरण, सरोकारवाला संस्थाहरू, स्थानीय समुदायमा लाभ वितरण, नेपालको पर्यटनको स्वरुप तथा वर्गीकरण लगायतका विविध विषयमा आ-आफ्नो जिज्ञासा राख्नुभयो ।

३. जिज्ञासा सम्बोधनका क्रममा विज्ञहरूले नेपालको रपर्यटनको स्वरुपको अवधारणात्मक चर्चा गर्दै यस क्षेत्रको विकासका लागि सरोकारवालाहरूसँग पनि हातेमालो गर्नु आवश्यक रहेको औंल्याउनु भयो । साथै मानव संशासन विकास, अन्तरनिकायगत समन्वय, समावेशीताको वास्तविक कार्यान्वयन लगायतका विषयमा पनि उहाँहरूले आफ्नो धारणा राख्नुभयो ।


समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।


...........................................

(मा. सुम्‍नीमा उदास)

सभापति


.........................................................

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव

उपस्थिति रजिष्टर २८ मध्ये १६ उपस्थित
२८
कुल सिट
१६
कुल उपस्थित
१२
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
६३%
नेपाली कम्युनिष्ट पार्टी
५०%
नेपाली काँग्रेस
२५%
श्रम संस्कृति पार्टी
०%