बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१०
औं बैठक
समिति
६८%
उपस्थिति
उपस्थिति
२८ मध्ये १९ उपस्थित
२०८३ श्रावण १९
बैठक मिति
१ घण्टा ५५ मिनेट
बिहान १०:०० बजे – बिहान ११:५५ बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक १०

२०८३ श्रावण १९
१ घण्टा ५५ मिनेट
सम्पन्न
१ घण्टा ५५ मिनेट
अवधि
१९
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १९

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को १० औं बैठक २०८३ श्रावण १९ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई १ घण्टा ५५ मिनेट सम्म संचालन भयो। २८ मध्ये १९ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची

१. "पर्यटन विधेयक, २०८१" सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल,

२. विविध ।

बैठक कार्यविवरण

“पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१” को प्रारम्भिक एवम् सैद्धान्तिक छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति मा.सुम्‍नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, मन्त्रालयका सचिवलगायत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहायबमोजिम रहेको छ ।

  1. संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट “पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१”को सैद्धान्तिक पक्षमा प्रस्तुति भयो। पर्यटकीय गतिविधिको प्रवर्धन गर्न, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न, पर्यटकको हित अभिवृद्धि गर्न तथा संविधानले परिकल्पना गरे अनुरुप संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न यो विधेयक प्रस्तुत भएको मन्त्रालयबाट जानकारी गराइयो ।
  2. समिति बैठकमा माननीयज्यूहरूले विधेयकको वास्तविक मर्म नियमन नभई प्रोत्साहन-केन्द्रित हुनुपर्ने बताउँदै, मूल कानूनका रूपमा लचिलो तर दूरदृष्टिपूर्ण कानून निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । पर्यटनमा नेपालको सम्भावनालाई उजागर गर्न विधेयकमा रणनीतिक रूपमा प्रावधान राख्नुपर्ने, पर्यटनमा देखिएका धार्मिक पर्यटन, आरोग्य पर्यटनजस्ता नवीन अवधारणाहरूलाई आत्मसात गर्नुपर्ने, समुदायमा आधारित पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने, फरक क्षमता भएका पर्यटकहरूलाई सम्बोधन गर्नुपर्ने र पर्यटकीय क्षेत्रमा आधारभूत पूर्वाधारको विकास गर्नुपर्नेजस्ता विषयमा पनि माननीयज्यूहरूले ध्यानाकर्षण गराउनुभयो । विधेयक निर्माणको क्रममा हालसम्म भएका विभिन्न अन्तर्क्रिया तथा परामर्शहरूबारे पनि चासो व्यक्त गर्दै कानूनी प्रावधानको कार्यान्वयन सम्भाव्यता र अन्तर-निकायगत समन्वयको बारे पनि सजग हुनुपर्ने वहाँहरूको राय थियो । पर्यटनसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि संस्थागत संयन्त्रको अभाव रहेको सन्दर्भमा एक छुट्टै पर्यटन विकास प्राधिकरणको व्यवस्था गर्ने सम्बन्धमा समेत छलफल भयो ।
  3. माननीय सदस्यहरूको जिज्ञासा सम्बोधनका क्रममा माननीय मन्त्रीज्यूले विधेयकमा समितिले सुधार गर्नसक्ने पक्षहरू रहेको जनाउँदै विधेयकलाई परिष्कृत बनाउन मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । पर्यटनका यावत् आयामहरूको विकास तथा पर्यटन उद्योगको यथोचित नियमनको आवश्यकता रहेको भन्दै पर्यटन विकास प्राधिकरण, अवकास पर्यटन, साहसिक पर्यटनजस्ता अवधारणाबारे पनि उहाँले आफ्नो धारणा राख्नुभयो।
  4. “अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक ,२०८१”को सम्बन्धमा गठित उपसमितिमा देहायका माननीयहरू सदस्य रहने गरी गठन गर्ने निर्णय गरियो ।
  5. माननीय अनुश्का श्रेष्ठ - संयोजक
  6. माननीय गणेश बहादुर विश्वकर्मा - सदस्य
  7. माननीय जगदिश खरेल (ललितपुर) - सदस्य
  8. माननीय बिना गुरुङ - सदस्य
  9. माननीय भुमिका लिम्बु सुब्बा - सदस्य
  10. माननीय रेनुका काउँचा - सदस्य
  11. माननीय सन्तोष राजवंशी - सदस्य
  12. पाकिस्तानको काराकोरम क्षेत्रस्थित “व्रोड पिक” हिमाल आरोहणको क्रममा नेपाली नागरिकहरू सहित कूल १० जना पर्वतारोहीहरूको असामयिक निधन भएकोप्रति समितिको तर्फवाट दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना सहित परिवारजनमा समवेदना व्यक्त गरियो ।


समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।


...........................................

(मा. सुम्‍नीमा उदास)

सभापति


.........................................................

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव

उपस्थिति रजिष्टर २८ मध्ये १९ उपस्थित
२८
कुल सिट
१९
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
६८%
नेपाली काँग्रेस
५०%
श्रम संस्कृति पार्टी
०%