संसदीय सुनुवाइ समिति (संयुक्त) को २१ (एक्काइस) बैठक २०८३ आश्विन २८ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ३ घण्टा ५५ मिनेट सम्म संचालन भयो। उपस्थिति विवरण २०८३ आश्विन २९ मा उपलब्ध हुनेछ
१) लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. मंचला कुमारी झा, सप्तरी, मलेसियाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री चुडामणी खरेल, झापा, जापानका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री जीज्ञान कुमार थापा, ललितपुर र साउदी अरब अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री गिरी बहादुर सुनार, बाग्लुङ्गलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।
२) विभिन्न १३ वटा मित्रराष्ट्रहरूका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको प्रस्तावित पदमा नियुक्तिको उपयुक्तता तथा अनुपयुक्तता सम्बन्धमा निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने ।
३) विविध ।
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक २१ (एक्काइस) · २०८३ आश्विन २८ · बिहान ८:३० देखि दिउँसो १२:२५ सम्म
उपस्थिति विवरण २०८३ आश्विन २९ मा उपलब्ध हुनेछ