बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
२०
औं बैठक
समिति
५७%
उपस्थिति
उपस्थिति
२८ मध्ये १६ उपस्थित
२०८३ आश्विन २
बैठक मिति
२ घण्टा
बिहान ११:३० बजे – दिउँसो १:३० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक २०

२०८३ आश्विन २
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
१६
कुल उपस्थित
१२
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन २

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को २० औं बैठक २०८३ आश्विन २ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। २८ मध्ये १६ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची
  1. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा,
  2. विविध ।
बैठक कार्यविवरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदनको समीक्षा तथा पर्यटन विधेयकको भावी कार्यदिशाबारे विमर्श गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति मा. सुम्‍नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकका प्रस्तुति, छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-

  1. त्रिभुवन विमानस्थलको स्थलगत अनुगमनको सम्बन्धमा माननीय बोधनारायण श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै टर्मिनलमा यात्रुहरुको अनुभव, सेवाप्रवाह तथा व्यवस्थापन, विमानस्थलभित्रका पसलहरूको सञ्चालन, पूर्वाधारको अवस्था, सरसफाइ एवम् स्वच्छताजस्ता विविध विषयहरू समितिसमक्ष अवगत गराउनुभयो । अनुगमनका क्रममा देखिएका समस्याहरू मात्र नभई समग्र विमानस्थलको सुधारका उपायहरूबारे पनि माननीयज्यूहरूले छलफल गर्नुभयो ।
  2. छलफलको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई देहायको निर्देशन दिने निर्णय गरियो :-

क. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको सुधार तथा विस्तारबारे अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना समितिसमक्ष १५ दिनभित्र पेश गर्ने ।

ख. आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा सेवा प्रदायक तथा व्यापारीहरूसँग भएको सम्झौताको विवरण समितिसमक्ष १५ दिनभित्र पेश गर्ने ।

ग. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने सम्बन्धी योजना समितिसमक्ष १५ दिनभित्र पेश गर्ने ।

३. माननीय सभापतिले पर्यटन विधेयकसम्बन्धी कामकारबाहीलाई प्रभावकारी तथा शीघ्र रूपमा अघि बढाउने हेतुले समितिसमक्ष खाका प्रस्तुत गर्नुभयो । प्रस्तुत खाकाको विषयवस्तु तथा सारबारे माननीय सदस्यहरूको रचनात्मक सुझाव प्राप्त भयो । प्रस्तुत खाकाअनुरुप जिम्मेवारी बाँडफाँड गरी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनु पर्नेमा सबैले मतैक्यता जनाउनुभयो ।

४. विधेयकको अध्ययनलाई प्रभावकारी बनाउन कार्यदलहरू गठन गर्ने निर्णय गरी हाललाई देहाय बमोजिम संयोजकहरू तोकियो :-

  • होटल तथा रिसोर्ट, क्यासिनो, दण्ड तथा सजाय र विविध सम्बन्धी अध्ययन कार्यदल - माननीय धनञ्जय रेग्मी
  • पर्वतारोहण तथा साहसिक पर्यटन सम्बन्धी अध्ययन कार्यदल - माननीय मिङ्‍मा ग्याबु शेर्पा

५. “राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८३”को अध्ययन प्रयोजनार्थ माननीय गणेश कार्कीको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय गरियो ।

समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।

उपस्थिति रजिष्टर

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक २० · २०८३ आश्विन २ · बिहान ११:३० देखि दिउँसो १:३० सम्म

आजको उपस्थिति

५७% सदस्य उपस्थित

कुल २८ सदस्यमध्ये १६ जना बैठकमा उपस्थित थिए र १२ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · १६ / २८
कुल सदस्य २८
उपस्थित १६ (५७%)
अनुपस्थित १२ (४३%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १९ उपस्थित ११ अनुपस्थित ८ प्रतिशत ५८%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित ० अनुपस्थित ४ प्रतिशत ०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
श्रम संस्कृति पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची