ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को ४ औं बैठक २०८३ श्रावण २० मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये ९ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बस्यो ।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
१. “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५” को व्यवस्था र कार्यान्वयन अवस्था सम्बन्धमा सरोकारवालासँग छलफल,
२. विविध ।
यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको बैठकमा “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५” सम्बन्धमा विज्ञहरू प्रोफेसर डा. पुकार चन्द्र श्रेष्ठ, डा. बद्री रिजाल, प्रोफेसर डा. राजीव झा, महानिर्देशक स्वास्थ्य सेवा विभाग लगायतका सम्बन्धित निकायसँग समितिका सदस्यहरूले छलफल गर्नुभयो ।
उक्त ऐनको कार्यान्वयनको अवस्था, कानुनी तथा संस्थागत व्यवस्था, व्यवहारिक समस्या तथा चुनौती र सुधारका सम्भावित उपायका सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्राप्त गरियो।
निर्णय
१. “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५” सम्बन्धमा प्राप्त भएका जानकारी, धारणा तथा सुझावहरू प्रतिवेदनमा समावेश गर्ने निर्णय भयो।
२. उपसमितिको आगामी बैठक मिति २०८३ साउन २५ गते बिहान ११:०० बजे “विद्युतीय कारोबार ऐन, २०६३” को व्यवस्था र कार्यान्वयन अवस्थाका सम्बन्धमा हुने छलफलमा डा. श्रीकृष्ण भट्टराईलाई विज्ञको रूपमा आमन्त्रित गर्ने निर्णय भयो ।