बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
नवौँ
बैठक
समिति
६३%
उपस्थिति
उपस्थिति
२७ मध्ये १७ उपस्थित
२०८३ आश्विन ८
बैठक मिति
३ घण्टा
बिहान ९:०० बजे – दिउँसो १२:०० बजे
प्रतिनिधि सभा समिति

राज्य व्यवस्था तथा सुशासन समिति - बैठक ०९

२०८३ आश्विन ८
३ घण्टा
सम्पन्न
३ घण्टा
अवधि
१७
कुल उपस्थित
१०
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन ८

राज्य व्यवस्था तथा सुशासन समिति को नवौँ बैठक २०८३ आश्विन ८ मा समिति सभापति मा. हरि ढकाल को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये १७ उपस्थित

बैठकको मिति, समय र स्थान

मितिः २०८३ असोज ८, बिहीबार

समयः बिहान ०९:०० बजे

स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार।

कार्यसूची

१. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता माननीय सदस्यसँग छलफल।

२. विविध।

बैठक कार्यविवरण

संघीय संसद

प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति

मितिः २०८३/०६/०८


बैठक सङ्‍ख्या - ९

छलफल तथा निर्णय:

समितिका माननीय सभापति हरि ढकालको सभापतित्वमा बसेको आजको बैठकमा भएको छलफल तथा निर्णयहरू देहाय बमोजिम रहेका छन्:

१. "संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३" उपर सैद्धान्तिक छलफल, संसोधन प्रस्तावकर्तासँगको छलफल तथा दफावार छलफल भयो।

२. "संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३" सर्वसम्मतिले प्रस्तुत रूपमा पारित भयो।

निर्देशनः

"संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर छलफल हुँदा उक्त विधेयकको मूल ऐनका अन्य दफाहरूमा पनि सुधार गर्न आवश्यक देखिएकोले उक्त मूल ऐन उपर थप अध्ययन विश्लेषण सहित विधेयक तयार गरी सङ्‍घीय संसद्‌मा पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने।"

उपस्थिति रजिष्टर

राज्य व्यवस्था तथा सुशासन समिति - बैठक ०९ · २०८३ आश्विन ८ · बिहान ९:०० देखि दिउँसो १२:०० सम्म

आजको उपस्थिति

६३% सदस्य उपस्थित

कुल २७ सदस्यमध्ये १७ जना बैठकमा उपस्थित थिए र १० जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · १७ / २७
कुल सदस्य २७
उपस्थित १७ (६३%)
अनुपस्थित १० (३७%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १६ उपस्थित १४ अनुपस्थित २ प्रतिशत ८८%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित ० अनुपस्थित ४ प्रतिशत ०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य ३ उपस्थित २ अनुपस्थित १ प्रतिशत ६७%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%
श्रम संस्कृति पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची