राज्य व्यवस्था तथा सुशासन समिति को ०६ औं बैठक २०८३ श्रावण २१ मा समिति सभापति मा. हरि ढकाल को सभापतित्वमा सुरु भई ३ घण्टा १५ मिनेट सम्म संचालन भयो। ३० मध्ये २० उपस्थित
मितिः २०८३/०४/२१ गते, बिहीबार
समयः दिनको १:०० बजे
स्थानः समितिको सभाकक्ष, सिंहदरबार।
कार्यसूची
१. ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल।
२. अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धमा।
३. विविध।
सङ्घीय संसद्
प्रतिनिधि सभा
राज्य व्यवस्था तथा सुशासन समिति
२०८३ साउन २१ गते बिहीबार
बैठक संख्या - ६
छलफल तथा निर्णय:
समितिका माननीय सभापति हरि ढकालको सभापतित्वमा बसेको समितिको आजको बैठकमा भएका छलफल तथा निर्णयहरू देहाय बमोजिम रहेका छन्।
छलफल:
१. ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल भयो।
२. समितिको मिति २०८३ जेठ २८ गतेको बैठकको निर्णयानुसार समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यालयहरु र कारागार कार्यालयहरूको समिति सदस्स्थयहरुबाट भएको स्थलगत अनुगमनका प्रतिवेदनहरु पेस गरियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय र झुम्कास्थित कारागार कार्यालय अनुगमन टोलीको तर्फबाट माननीय गजाला शमीम मिकरानी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय तथा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर स्थित कारागार कार्यालय अनुगमन टोलीको तर्फबाट माननीय दिपक राज बोहोरा र अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय र भिमफेदीस्थित कारागार कार्यालय अनुगमन टोलीको तर्फबाट माननीय श्रद्धा कुँवरले स्थलगत अनुगमन प्रतिवेदन पेस गर्नु भयो।