शुक्रबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
आठौँ
बैठक
समिति
७०%
उपस्थिति
उपस्थिति
२७ मध्ये १९ उपस्थित
२०८३ आश्विन १
बैठक मिति
५ घण्टा
बिहान ११:०० बजे – साँझ ४:०० बजे
प्रतिनिधि सभा समिति

राज्य व्यवस्था तथा सुशासन समिति - बैठक ०८

२०८३ आश्विन १
५ घण्टा
सम्पन्न
५ घण्टा
अवधि
१९
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन १

राज्य व्यवस्था तथा सुशासन समिति को आठौँ बैठक २०८३ आश्विन १ मा समिति सभापति मा. हरि ढकाल को सभापतित्वमा सुरु भई ५ घण्टा सम्म संचालन भयो। २७ मध्ये १९ उपस्थित

बैठकको मिति, समय र स्थान

मितिः २०८३ असोज १, बिहीबार

समयः बिहान ११:०० बजे

स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार।

कार्यसूची

कार्यसूचीः

१. राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल।

२. विविध।

बैठक कार्यविवरण

सङ्घीय संसद्

प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति

मितिः २०८३/०६/०१

बैठक सङ्‍ख्या- ८

छलफल:

समितिको बैठक समितिका माननीय सभापति हरि ढकालको सभापतित्वमा बस्यो। राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन उपसमितिका माननीय संयोजक विश्वराज पोखरेलले उपसमितिले पारित गरेको प्रतिवेदन समिति समक्ष पेस गर्नु भयो। उपसमितिको प्रतिवेदन उपर माननीय सदस्यहरूले आफ्नो धारणा व्यक्त गर्नु भयो। माननीय सदस्यहरूको धारणा उपर सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्रीको तर्फबाट प्रतिनिधित्व गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवम् रक्षा मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका पदाधिकारीहरूले समेत राय व्यक्त गर्नु भयो।


साथै राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन उपसमितिका माननीय सदस्य दिपकराज बोहोराको स्थानमा माननीय सदस्य गजाला शमीम मिकरानीलाई मिति २०८३ भदौ २२ गतेदेखि लागु हुने गरी राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा (३) बमोजिम जिम्मेवारी हेरफेर गरिएको बेहोरा माननीय सभापतिले समितिलाई जानकारी गराउनु भयो।


निर्णय:

१. राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मतरूपमा पारित गरियो।

२.उक्त प्रतिवेदन सङ्‌घीय संसद्, प्रतिनिधि सभाको बैठकमा पेस गर्ने।


उपस्थिति रजिष्टर २७ मध्ये १९ उपस्थित
२७
कुल सिट
१९
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
राष्ट्रिय स्वतन्त्र पार्टी
९४%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६७%
नेपाली कम्युनिष्ट पार्टी
५०%
नेपाली काँग्रेस
२५%
राष्ट्रिय प्रजातन्त्र पार्टी
०%
श्रम संस्कृति पार्टी
०%