राज्य व्यवस्था तथा सुशासन समिति को ०७ औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. हरि ढकाल को सभापतित्वमा सुरु भई ६ घण्टा सम्म संचालन भयो। ३० मध्ये १९ उपस्थित
मितिः २०८३/०५/०४
समयः बिहान ११:०० बजे।
कार्यसूचीः
१. अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा आयोगका पदाधिकारीहरूसँग छलफल,
२. राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतका उपसमितिहरू सम्बन्धमा,
३. विविध।
संघीय संसद
प्रतिनिधि सभा
राज्य व्यवस्था तथा सुशासन समिति
२०८३ भदौ ४ गते बिहिबार
बैठक संख्या÷७
छलफल तथा निर्णयः
समितिका माननीय सभापति हरि ढकालको सभापतित्वमा बसेको समितिको आजको बैठकमा भएका छलफल तथा निर्णयहरू देहाय बमोजिम रहेका छन्:
छलफलः
१.अख्तियार दुरूपयोग अनुसन्धान आयोगका काम कारवाही लगायतका विषयहरूमा आयोगका तर्फबाट प्रस्तुतीकरणसहित पदाधिकारीहरूसँग छलफल भयो। तत्पश्चात् माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् माननीय सदस्यहरूले राख्नु भएको जिज्ञासाहरूका सम्बन्धमा आयोगका माननीय प्रमुख आयुक्तले स्पष्ट पार्नुभयो।
२. समितिको मिति २०८३ जेठ २८ को निर्णयानुसार गठित उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमितिले हालसम्म गरेको कार्यको प्रगति प्रतिवेदन उपसमितिका संयोजक माननीय श्रद्धा कुँवर क्षेत्रीले समिति समक्ष पेस गर्नुभयो।
निर्णयहरूः
१. समिति अन्तर्गत मिति २०८३ जेठ २८ गते गठन गरिएका उपसमितिहरू मध्ये केहीले कार्यसम्पन्न गरिसकेको र विधेयक केन्द्रित भई थप कार्य समेत गर्नुपर्ने भएको हुँदा उक्त मितिमा गठन गरिएका सबै उपसमितिहरू विघटन गरी देहाय बमोजिमका २ वटा उपसमितिहरू गठन गरियोः
(क)“राष्ट्रिय सेवा दल विधेयक, २०८३” अध्ययन उपसमिति
मा. विश्वराज पोखरेल संयोजक
मा. दिपकराज वोहोरा सदस्य
मा. निश्कल राई सदस्य
मा. बब्लु गुप्ता सदस्य
मा. यज्ञमणि न्यौपाने सदस्य
मा. युवराज दुलाल सदस्य
मा. रविन्द्र पटेल सदस्य
मा. विष्णुमाया वि.क. सदस्य
मा. श्रद्धा कुँवर श्रेत्री सदस्य
मा. हर्कराज राई सदस्य
मा. ज्ञान बहादुर शाही सदस्य
कार्यावधि र कार्यादेशः विधेयकउपरको सैद्धान्तिक छलफल सम्पन्न भइसकेको अवस्थामा उपसमितिले आवश्यकतानुसार विज्ञ, सरोकारवाला, संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरी दफावार छलफल सम्पन्न गरेर गठन भएको मितिबाट ३० दिन भित्रमा आफ्नो प्रतिवेदन समिति समक्ष पेस गर्ने।
(ख) उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमिति
मा. कमल सुवेदी संयोजक
मा. गजाला शमीम मिकरानी सदस्य
मा. भरत प्रसाद पराजुली सदस्य
मा. मोहम्मद ईश्तियाक राई सदस्य
मा. युवराज दुलाल सदस्य
मा. रेखा कुमारी यादव सदस्य
मा. सुरेन्द्र चौधरी सदस्य
कार्यावधि र कार्यादेशः यस उपसमितिको कार्यावधि गठन भएको मितिबाट ६० दिन हुने। साथै यस अघि गठन भएको उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमितिले जारी राखेका काम कारवाहीलाई निरन्तरता दिने।
२. अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आ.व. २०८३/०८४ को भ्रष्टाचार न्यूनीकरण सम्बन्धी कार्ययोजना सहित आयोगका पदाधिकारीहरूसँग समितिको आगामी बैठकहरूमा छलफल गर्ने।