बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
२३
औं बैठक
समिति
८७%
उपस्थिति
उपस्थिति
१५ मध्ये १३ उपस्थित
२०८३ आश्विन २८
बैठक मिति
३ घण्टा २५ मिनेट
साँझ ४:३५ बजे – राति ८:०० बजे
संयुक्त संसद समिति

संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक २३

२०८३ आश्विन २८
३ घण्टा २५ मिनेट
सम्पन्न
३ घण्टा २५ मिनेट
अवधि
१३
कुल उपस्थित
२
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन २८

संसदीय सुनुवाइ समिति (संयुक्त) को २३ औं बैठक २०८३ आश्विन २८ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ३ घण्टा २५ मिनेट सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित

समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छ ।


कार्यसूची

विभिन्न १३ वटा मित्रराष्ट्रहरूका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको प्रस्तावित पदमा नियुक्तिको उपयुक्तता तथा अनुपयुक्तता सम्बन्धमा निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने ।

बैठक कार्यविवरण

१) नेपाल सरकार (मन्त्रिपरिषद्) को 208३ असोज २ गतेको निर्णयानुसार गणतन्त्र भारतका लागि नेपाली राजदूत पदमा डा. निश्‍चल नाथ पाण्‍डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा श्री कल्याण राज शर्मा, काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत पदमा श्री चिरन जङ्ग थापा, ललितपुर, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत पदमा श्री गौरब शमशेर ज.ब.रा., काठमाडौँ, सङ्‌घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूत पदमा श्री सरू जोशी, काठमाडौँ, इजरायलका लागि नेपाली राजदूत पदमा श्री सुरेश कुमार कर्ण, कैलाली, जापानका लागि नेपाली राजदूत पदमा श्री जीज्ञान कुमार थापा, ललितपुर, साउदी अरब अधिराज्यका लागि नेपाली राजदूत पदमा श्री गिरी बहादुर सुनार, बाग्लुङ्ग, ओमानका लागि नेपाली राजदूत पदमा श्री पदमाक्षी राणा, काठमाडौँ, गणतन्त्र कोरियाका लागि नेपाली राजदूत पदमा प्रा. डा. संगम श्रेष्‍ठ, तनहुँ, मलेसियाका लागि नेपाली राजदूत पदमा श्री चुडामणी खरेल, झापा, स्पेन अधिराज्यका लागि नेपाली राजदूत पदमा श्री प्राप्‍ती शेरचन, काठमाडौँ र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपाली राजदूत पदमा डा. मंचला कुमारी झा, सप्‍तरीलाई नियुक्तिका लागि प्रस्ताव गरी नेपालको संविधानको धारा २९२ को उपधारा (1) बमोजिम संसदीय सुनुवाइका लागि समितिमा नाम प्राप्‍त भएकोमा सङ्‍घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्‍चालन) नियमावली, 2080 तथा संसदीय सुनुवाइ समितिको कार्यविधि, 2083 बमोजिम समितिले सुनुवाइ गर्दा योग्यता, क्षमता, अनुभवसमेतका आधारमा प्रस्तावित पदहरूका लागि देहायका प्रस्तावित व्यक्तिहरू उपयुक्त देखिनुभएको हुँदा सोही नियमावलीको नियम २६ को उपनियम (5) बमोजिम देहायबमोजिम नियुक्तिका लागि सर्वसम्मतिले अनुमोदन गर्ने।”

क्र.सं.नाम, थर, ठेगानाठेगाना, पदराजदूत सिफारिस गरिएको मुलुकगैरआवासीय राजदूत तोकिएको मुलुक/संस्था१.डा. निश्चल नाथ पाण्डे, काठमाडौँराजदूतगणतन्त्र भारतअफगानिस्तान र भुटान२.श्री कल्याण राज शर्मा, काठमाडौँराजदूतजनवादी गणतन्त्र चीनमंगोलिया, उत्तर कोरिया३.श्री चिरन जङ्ग थापा, ललितपुरराजदूतसंयुक्त राज्य अमेरिकापानामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होण्डुरस, ग्वाटेमाला, बहामास, बेलिज४.श्री गौरब शमशेर ज.ब.रा., काठमाडौँराजदूतसंयुक्त अधिराज्यआयरल्याण्ड५.श्री सरू जोशी, काठमाडौँराजदूतसङ्‍घीय गणतन्त्र जर्मनीगणतन्त्र चेक, होली सी, रोमानिया, पोल्याण्ड, युक्रेन, सर्बिया, स्लोभाकिया, बुल्गेरिया, हंगेरी६.श्री सुरेश कुमार कर्ण, कैलालीराजदूतइजरायलसाइप्रस७.श्री पदमाक्षी राणा, काठमाडौँराजदूतओमान-८.प्रा. डा. संगम श्रेष्ठ, तनहुँराजदूतगणतन्त्र कोरिया-९.श्री प्राप्ती शेरचन, काठमाडौँराजदूतस्पेन अधिराज्यमाल्टा१०.डा. मंचला कुमारी झा, सप्तरीराजदूतलोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकामाल्दिभ्स


२) सङ्‍घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्‍चालन) नियमावली, 2080 तथा संसदीय सुनुवाइ समितिको कार्यविधि, 2083 बमोजिम समितिले सुनुवाइ गर्दा योग्यता, क्षमता, अनुभवसमेतका आधारमा प्रस्तावित पदहरूका लागि देहायका प्रस्तावित व्यक्तिहरू उपयुक्त नदेखिनुभएको हुँदा सोही नियमावलीको नियम २६ को उपनियम (5) बमोजिम देहायबमोजिमका प्रस्तावितलाई सर्वसम्मतिले अस्वीकृत गर्ने।”

क्र.सं.नाम, थर, ठेगानाठेगाना, पदराजदूत सिफारिस गरिएको मुलुकगैरआवासीय राजदूत तोकिएको मुलुक/संस्था१.श्री गिरी बहादुर सुनारबाग्लुङ्गसाउदी अरब अधिराज्यसोमालिया, यमन२.श्री चुडामणी खरेलझापामलेसियाइण्डोनेसिया, ब्रुनाई, फिलिपिन्स, पूर्वी टिमोर


३) जापानका लागि नेपाली राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित श्री जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा थप बुझ्नका लागि माग गरिएको पत्र प्राप्‍त हुन बाँकी भएकाले आगामी बैठकमा थप छलफल गरी निर्णय गर्ने ।

उपस्थिति रजिष्टर

संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक २३ · २०८३ आश्विन २८ · साँझ ४:३५ देखि राति ८:०० सम्म

आजको उपस्थिति

८७% सदस्य उपस्थित

कुल १५ सदस्यमध्ये १३ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · १३ / १५
कुल सदस्य १५
उपस्थित १३ (८७%)
अनुपस्थित २ (१३%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य ८ उपस्थित ८ अनुपस्थित ० प्रतिशत १००%
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित १ अनुपस्थित २ प्रतिशत ३३%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची