बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
०५
औं बैठक
समिति
५३%
उपस्थिति
उपस्थिति
३० मध्ये १६ उपस्थित
२०८३ श्रावण १९
बैठक मिति
१ घण्टा ५८ मिनेट
बिहान ११:३० बजे – दिउँसो १:२८ बजे
प्रतिनिधि सभा समिति

राज्य व्यवस्था तथा सुशासन समिति - बैठक ०५

२०८३ श्रावण १९
१ घण्टा ५८ मिनेट
सम्पन्न
१ घण्टा ५८ मिनेट
अवधि
१६
कुल उपस्थित
१४
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १९

राज्य व्यवस्था तथा सुशासन समिति को ०५ औं बैठक २०८३ श्रावण १९ मा समिति सभापति मा. हरि ढकाल को सभापतित्वमा सुरु भई १ घण्टा ५८ मिनेट सम्म संचालन भयो। ३० मध्ये १६ उपस्थित

बैठकको मिति, समय र स्थान


मितिः २०८३ साउन १९, मङ्‍गलबार

समयः बिहान ११:०० बजे

स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार।

कार्यसूची

१. ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ उपर सैद्धान्तिक र दफावार छलफल।

२. कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन सम्बन्धमा।

३. विविध।

बैठक कार्यविवरण


संघीय संसद

प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति

२०८३ साउन १९ गते मङ्‍गलबार

बैठक संख्या÷५

छलफल तथा निर्णयः

समितिका माननीय सभापति हरि ढकालको सभापतित्वमा बसेको समितिको आजको बैठकमा भएका छलफल तथा निर्णयहरू देहाय बमोजिम रहेका छन्।

छलफलः

१. समिति सचिव श्री विशाल सापकोटाले समितिको हालसम्मको कार्य प्रगतिको सारांश जानकारी गराउनुभयो।

२. नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक तथा दफावार छलफल गरियो।

३. राज्य व्यवस्था तथा सुशासन समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न गठित उपसमितिबाट पेस भएको “राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३” उपर छलफल गरियो।


निर्णयहरूः

१. ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले प्रस्तुत रूपमा पारित।

२. राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ परिमार्जन सहित पारित।

३. समितिको मिति २०८३ जेठ २८ को चौथो बैठकको निर्णयानुसार गठित ‘उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमिति’मा रहनु भएका माननीय विष्णुमाया वि.क. लाई ‘संवैधानिक निकायको काम कारवाही अध्ययन एवम् सहजीकरण उपसमिति’मा र ‘संवैधानिक निकायको काम कारवाही अध्ययन एवम् सहजीकरण उपसमिति’मा रहनुभएका माननीय मोहम्मद इश्तियाक राईलाई ‘उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमिति’मा रहने गरी जिम्मेवारी हेरफेर गरियो।


उपस्थिति रजिष्टर ३० मध्ये १५ उपस्थित
३०
कुल सिट
१५
कुल उपस्थित
१५
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली काँग्रेस
७५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६७%
राष्ट्रिय स्वतन्त्र पार्टी
५३%
नेपाली कम्युनिष्ट पार्टी
०%
राष्ट्रिय प्रजातन्त्र पार्टी
०%
श्रम संस्कृति पार्टी
०%