अर्थ समिति को १७ औं बैठक २०८३ श्रावण ३ मा समिति सभापति मा. डा. कृष्ण हरि बुढाथोकी को सभापतित्वमा सुरु भई २ घण्टा ३० मिनेट सम्म संचालन भयो। २८ मध्ये १७ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अर्थ समितिको बैठक समितिका माननीय सभापति डा. कृष्ण हरि बुढाथोकीको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ ।
- नेपाल राष्ट्र बैंक ऐन, 2058 लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल,
- विविध ।
समितिको आजको बैठकमा अर्थ मन्त्रालयका सहसचिव श्री महेश आचार्य, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री हुमबहादुर केसी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री दीर्घबहादुर रावल, Nepal Banker's Association का अध्यक्ष श्री सन्तोष कोइराला, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका उपाध्यक्ष श्री राजेश उपाध्याय लगायत मन्त्रालय एवं संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा नेपाल राष्ट्र बैंक ऐन, 2058 लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा सरोकारवाला संघ-संस्थाहरूसँग छलफल भयो।
समितिको अर्को बैठक मिति 2083 साउन १३ गते, बुधबार, दिनको १:०० बजे संशोधनकर्ता माननीय सदस्यहरूसँग विधेयकमा पेश भएको संशोधनमाथि छलफल गर्ने गरी आजको बैठक अन्त्य भयो।