सोमबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१९
औं बैठक
समिति
६८%
उपस्थिति
उपस्थिति
२८ मध्ये १९ उपस्थित
२०८३ श्रावण १८
बैठक मिति
४ घण्टा
दिउँसो १:०० बजे – साँझ ५:०० बजे
प्रतिनिधि सभा समिति

अर्थ समिति - बैठक १९

२०८३ श्रावण १८
४ घण्टा
सम्पन्न
४ घण्टा
अवधि
१९
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १८

अर्थ समिति को १९ औं बैठक २०८३ श्रावण १८ मा समिति सभापति मा. डा. कृष्णहरि बुढाथोकी को सभापतित्वमा सुरु भई ४ घण्टा सम्म संचालन भयो। २८ मध्ये १९ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अर्थ समितिको बैठक समितिका माननीय सभापति डा. कृष्ण हरि बुढाथोकीको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ ।

कार्यसूची

१. नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी,

२. विविध ।

बैठक कार्यविवरण

समितिको आजको बैठकमा माननीय अर्थ मन्त्रीज्यू, अर्थ मन्त्रालयका सचिव एवं पदाधिकारीहरू, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं पदाधिकारीहरू तथा कानून, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, 2058 लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने क्रममा कूल आठ वटा दफामा छलफल गरियो। बैठकमा भएको छलफलका आधारमा नेपाल राष्ट्र बैक ऐन, 2058 लाई संशोधन गर्न बनेको विधेयकका दफाहरू देहाय बमोजिम परिमार्जन सहित पारित गर्ने निर्णय गरियो:

  1. विधेयकको दफा १ यथावत रुपमा पारित गर्ने,
  2. विधेयकको दफा २ को उपदफा (१),(२),(३),(४),(५),(६) यथावत रुपमा पारित गर्ने,
  3. विधेयकको दफा ३ यथावत रुपमा पारित गर्ने,
  4. विधेकको दफा ४ अनुसार मूल ऐनको दफा ४ को उपदफा (१) को:-
  5. खण्ड (क) को अन्त्यमा रहेको "र" भन्ने शब्द झिक्ने,
  6. खण्ड (ख) बाट "खण्ड (क) को प्रतिकूल नहुने गरी" भन्ने वाक्यांश झिक्ने र अन्त्यको "।" झिकी "," राख्ने,
  7. खण्ड (ग) थप गरी "नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने।" भन्ने वाक्यांश राख्ने
  8. विधेयकको दफा ४ अनुसार मूल ऐनको दफा ४ को उपदफा (२) झिक्ने,
  9. विधेयकको दफा ५ यथावत रुपमा पारित गर्ने,
  10. विधेयकको दफा ६ अनुसार मूल ऐनको दफा ७ को उपदफा (१) को खण्ड (ङ) झिकी त्यसपछि दफाक्रम मिलाउने,
  11. विधेयकको दफा ६ अनुसार मूल ऐनको दफा ७ को उपदफा (२) को खण्ड (ङ) मा "कर्जा" शब्द पछि "सापटी" राख्ने,
  12. विधेयकको दफा ७ यथावत रुपमा पारित गर्ने,
  13. विधेयकको दफा ८ अनुसार मूल ऐनको दफा ११को उपदफा (५) मा "बैंकले नेपाल सरकार" भन्ने वाक्यांश पछि रहेको "अर्थ मन्त्रालय" भन्ने वाक्यांश झिकी "मन्त्रिपरिषद्" राख्ने र "ऋण, अनुदान" भन्ने वाक्यांश पछि रहेको "वा प्राविधिक सहायता" वाक्यांश झिक्ने।

समितिको अर्को बैठक मिति 2083 साउन १९ गते, मंगलबार, विहानको १0:०० बजे विधेयकमाथि थप दफावार छलफल गर्ने गरी आजको बैठक अन्त्य भयो।






................................मा. डा. कृष्ण हरि बुढाथोकीसभापति
............................लक्ष्मण अर्यालसमिति सचिव


उपस्थिति रजिष्टर २८ मध्ये १९ उपस्थित
२८
कुल सिट
१९
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
६३%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
श्रम संस्कृति पार्टी
०%