भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति को १२ औं बैठक २०८३ कार्तिक १७ मा समिति सभापति मा. कृष्ण प्रसाद पौडेल को सभापतित्वमा सुरु भई ३ घण्टा ४५ मिनेट सम्म संचालन भयो। ८ मध्ये ८ उपस्थित
१. भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा कार्यक्षेत्रभित्रको प्रभावित नागरिकको जिल्लागत, स्थानीय तहगत तथा वडागत विवरण, मन्त्रालयबाट विपद् क्षेत्रमा उपलब्ध गराइएको राहत तथा नगद सहायता, लाभग्राहीको विवरण, प्रभावित बालबालिकाको संरक्षण, उद्धार, स्याहार, परिवार पुनर्मिलन र शिक्षा, प्रभावित महिलाको लागि सुरक्षित स्थल, स्वास्थ्य सेवा र हिंसाबाट संरक्षण गर्न गरेका कार्यहरू, प्रभावित ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको आश्रय, हेरचाहका लागि गरेका कार्यहरू, प्रभावित क्षेत्रमा सामाजिक सुरक्षा भत्ताको निरन्तरताको लागि मन्त्रालयबाट भएका कार्यहरू, प्रभावित क्षेत्रका लागि मन्त्रालयको कार्ययोजना जिम्मेवार निकाय, बजेट र समयसीमा, उपचार सेवाको अवस्था, क्षतिग्रस्त अस्पताल, स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थाको विवरण, क्षतिको मूल्याङ्कन र पुनर्स्थापना योजनासम्बन्धी जानकारी, प्रभावित क्षेत्रमा परिचालन गरिएका स्वास्थ्यकर्मी, आकस्मिक चिकित्सकीय टोली, एम्बुलेन्स तथा उपलब्ध गराइएको औषधि र स्वास्थ्य सामग्रीको विवरण, खानेपानीको गुणस्तर, खाद्य स्वच्छता, सरसफाइ तथा सम्भावित सरुवा रोगको जोखिम न्यूनीकरणका लागि गरिएका कार्यको विवरण, प्रभावित नागरिकलाई उपलब्ध गराइएको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी विवरण, स्वास्थ्य क्षेत्रको प्रतिकार्य तथा पुनर्निर्माणका लागि विनियोजित बजेट, खर्च भएको रकम, आवश्यक थप स्रोत र विकास साझेदारबाट प्राप्त सहयोगको विवरण लगायतका विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीहरूसँग छलफल,
२. विविध।
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति - बैठक १२ · २०८३ कार्तिक १७ · बिहान ११:०० देखि दिउँसो २:४५ सम्म
आजको उपस्थिति
कुल ८ सदस्यमध्ये ८ जना बैठकमा उपस्थित थिए र ० जना अनुपस्थित थिए।