सोमबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
२१
औं बैठक
समिति
७१%
उपस्थिति
उपस्थिति
२८ मध्ये २० उपस्थित
२०८३ आश्विन १६
बैठक मिति
१४ घण्टा १५ मिनेट
बिहान ९:०० बजे – राति ११:१५ बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक २१

२०८३ आश्विन १६
१४ घण्टा १५ मिनेट
सम्पन्न
१४ घण्टा १५ मिनेट
अवधि
२०
कुल उपस्थित
८
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन १६

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को २१ औं बैठक २०८३ आश्विन १६ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई १४ घण्टा १५ मिनेट सम्म संचालन भयो। २८ मध्ये २० उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची
  1. नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफल,
  2. विविध
बैठक कार्यविवरण

नेपाल वायुसेवा निगमको अवस्था, चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री खडकराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला एवम् नेपाल वायुसेवा निगमका निमित्त महानिर्देशक जनकराज कालाखेतीको उपस्थिति थियो । समिति वैठकका छलफल तथा निर्णय देहाय बमोजिम रहेका छन् :-

  1. समिति बैठकमा नेपाल वायुसेवा निगमका निमित्त महानिर्देशक जनकराज कालाखेतीले निगमको वर्तमान अवस्था र चुनौतीको सम्बन्धमा प्रस्तुति दिनुभयो । पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा राष्ट्रिय गरिमा अभिवृद्धिका लागि निगमको भूमिका महत्त्वपूर्ण रहने भए पनि निगमको उत्थानका लागि व्यावधानका रूपमा रहेका विद्यमान वित्तीय, संरचनात्मक एवम् प्रक्रियागत समस्याहरूबारे उहाँले समितिसमक्ष अवगत गराउनुभयो । निगमको सुधारका लागि कैयौँ अध्ययन प्रतिवेदनहरू भए पनि सुझावहरू कार्यान्वयन हुन नसेकेको कुरा पनि उहाँले बताउनुभयो । निगमको ऋण आकासिएको र अत्यन्त ठूलो घाटामा सञ्चालन गर्नु परेको, ठूला वायुसेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्न कठिन भएको, प्रचलित कानून तथा प्रक्रिया पालना गरी कार्यसम्पादन गर्दा लचक एवम् प्रतिस्पर्धी हुन नसकेको लगायतका समस्याहरूबारे उहाँले जानकारी दिनुभयो ।
  2. समितिका माननीय सदस्यहरूले निगमको निराशाजनक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि सञ्चालन मोडलमै गम्भीर पुनर्विचार गर्नुपर्ने बताउनुभयो । जनताको पैसा लगानी भएको संस्था निरन्तर घाटामा जानु दुःखद भएको भन्दै निगममाथि सर्वप्रथम विश्वासको वातावतण सुनिश्चित गर्नुपर्ने उहाँहरूको राय थियो । अध्ययन प्रतिवेदनहरूका सुझाव कार्यान्वयन गर्नुपर्नेदेखि नेतृत्वमा काबिल र क्षमतावान् व्यक्तिहरू ल्याउनुपर्ने माननीय सदस्यहरूको सुझाव थियो ।
  3. समिति बैठकमा माननीय मन्त्रीज्यूले निगमको दूरावस्थाबारे चिन्ता र चासो व्यक्त गर्दै विद्यमान संरचनामा सुधार गर्न र आवश्यक परेको खण्डमा नियम-कानूनमा पुनरावलोकन गर्न मन्त्रालयको सहयोग रहने बताउनुभयो । मानव संशाधन योजना, सञ्चालन योजना र वित्तीय योजना बनाएर उपयुक्त रणनीतिकासाथ अघि बढ्न सकिने उहाँको धारणा थियो ।
  4. समितिको आगामी बैठकमा निगमसम्बन्धी थप छलफल गर्ने निर्णय गरियो ।


समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।

उपस्थिति रजिष्टर

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक २१ · २०८३ आश्विन १६ · बिहान ९:०० देखि राति ११:१५ सम्म

आजको उपस्थिति

७१% सदस्य उपस्थित

कुल २८ सदस्यमध्ये २० जना बैठकमा उपस्थित थिए र ८ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २० / २८
कुल सदस्य २८
उपस्थित २० (७१%)
अनुपस्थित ८ (२९%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १९ उपस्थित १६ अनुपस्थित ३ प्रतिशत ८४%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित १ अनुपस्थित ३ प्रतिशत २५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
श्रम संस्कृति पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची