भोटेकोशी बाढी अध्ययन उपसमिति को १ औं बैठक २०८३ भाद्र २२ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १२ मध्ये ४ उपस्थित
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मिति २०८३/०५/१८ गतेको निर्णयानुसार गठित भोटेकोशी बाढी अध्ययन उपसमितिको आजको बैठक उपसमितिका संयोजक माननीय श्रीकृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा बस्यो। आजको बैठकमा मा. सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।
भोटेकोशी बाढी सम्बन्धी छलफल
छलफल तथा निर्णय :-
भोटेकोशी बाढी अध्ययन उपसमितिको संयोजक माननीय श्रीकृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा बैठक बस्यो।बैठकमा उपसमितिका सदस्यहरुले उपसमितिको राख्नु भयो।
निर्णयः
१. भोटेकोशी बाढी अध्ययन उपसमितिको कार्यादेश स्वीकृत गर्ने सम्बन्धमा छलफल गर्न समितिलाई सिफारिस गर्ने।
२. भोटेकोशी बाढी अध्ययन उपसमितिको बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्ने सम्बन्धमा निर्णय गर्न समितिलाई सिफारिस गर्ने।
(कान्छा दुलाल) (मा.श्रीकृष्ण प्रसाद अधिकारी)
समिति सचिवसंयोजक