शुक्रबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
२२
औं बैठक
समिति
५०%
उपस्थिति
उपस्थिति
२८ मध्ये १४ उपस्थित
२०८३ आश्विन १९
बैठक मिति
२ घण्टा
दिउँसो १:०० बजे – दिउँसो ३:०० बजे
प्रतिनिधि सभा समिति

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक २२

२०८३ आश्विन १९
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
१४
कुल उपस्थित
१४
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन १९

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति को २२ औं बैठक २०८३ आश्विन १९ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। २८ मध्ये १४ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासज्यूको सभापतित्वमा बस्यो । आज बसेको समितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्‍नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची
  1. नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धमा छलफल,
  2. समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनौट गर्ने सम्बन्धमा छलफल,
  3. विविध ।
बैठक कार्यविवरण

नेपाल वायुसेवा निगमको भावी मार्गचित्र सम्बन्धमा छलफल गर्न बसको समितिको बैठक समितिका सभापति माननीय सुम्‍नीमा उदासको सभापतित्वमा बस्यो । समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री खडकराज पौडेल, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला एवम् नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीको उपस्थिति थियो । समिति बैठकका छलफल तथा निर्णय देहाय बमोजिम रहेका छन् :-

  1. समिति बैठकमा नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले अघिल्लो बैठकमा माननीयज्यूहरूले राख्नु भएको विविध जिज्ञासाहरू सम्बोधन गर्नुभयो । त्यसक्रममा उहाँले टिकटको मूल्यमा हुने गरेको घटबढ, Cabin Crew सदस्यहरूको मुद्दा, मानव संशाधनको वर्तमान अवस्था, यात्रुमैत्री सेवाजस्ता पक्षहरूमा समितिसमक्ष प्रकाश पार्नुभयो । निगमको वित्तीय स्थितिबारे जानकारी दिँदै उहाँले हाल निगम चर्को व्याजदर तिर्न विवश रहेको बताउँदै ऋण पुनर्संरचना गर्न सकेको खण्डमा निगमलाई उकास्न सहयोग पुग्‍ने राय व्यक्त गर्नुभयो । साथै, विगतमा निगमको सुधारका लागि बनाइएका प्रतिवेदनहरूको सार पनि प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा लैजानुपर्ने, पुँजी थप्नु पर्ने लगायतका साझा सुझावहरूबारे उहाँले चर्चा गर्नुभयो ।
  2. समिति बैठकमा माननीय सदस्यहरूले निगमको वित्तीय स्थिति चिन्ताजनक रहेको भन्दै सुधारका लागि आ-आफ्नो राय प्रस्तुत गर्नुभयो । लागत र उत्पादकत्वको अवस्था हेरेर निगमको पुनर्संरचना गर्नुपर्ने, निगमको आयलाई एकमुष्ठ रूपमा नभई उडान, कार्गो र ग्राउन्ड ह्यान्डलिङबाट भएको आयमा छुट्टाएर विश्लेषण गर्नुपर्ने, नेतृत्वमा काबिल व्यक्तिलाई राख्नुपर्ने, वस्तुनिष्ठ र स्वतन्त्र रूपमा निगमको लेखापरीक्षण गर्नुपर्ने लगायतका सुझावहरू उहाँहरूले प्रस्तुत गर्नुभयो ।
  3. समिति बैठकमा माननीय मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम समस्याग्रस्त भएपनि सुधार गर्न सकिने ठाउँ रहेको बताउनुभयो । निगमको वित्तीय, संरचनात्मक एवम् व्यवस्थापकीय सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।
  4. समिति बैठकको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई देहायको निर्देशन दिने निर्णय गरियो :-
    • निगमको ऋण पुनर्संरचनाको लागि विस्तृत खाका तयार गरी १ (एक) महिनाभित्र समितिसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने ।
    • नेपाल केपटाउन महासन्धिको पक्षराष्ट्र बन्नका लागि आवश्यक तयारी, चुनौती तथा अवसरका समबन्धमा अध्ययन गरी १ (एक) महिनाभित्र समितिसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने ।
  5. नेपाल वायुसेवा निगमलाई देहाय बमोजिमको निर्देशन दिने निर्णय गरियो :-
    • निगमको प्रभावकारी तथा प्रतिस्पर्धीमूलक सञ्चालनका लागि आवश्यक कानूनी सहजीकरणका सम्बन्धमा समितिसमक्ष १ (एक) महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्ने ।
    • विगतमा भएका अध्ययन प्रतिवेदनहरूको सारमा आधारित भई निगमको सुधारको लागि विस्तृत कार्ययोजना समितिसमक्ष १ (एक) महिनाभित्र प्रस्तुत गर्ने । सो कार्ययोजनामा निगमको सञ्चालन मोडल, Fleet Expansion (अल्पकालीन /दीर्घकालीन लिज, खरीद), पुँजी वृद्धि, मानव संशाधन व्यवस्थापन, अनलाइन टिकट बुकिङ लगायतका विषयहरू समावेश गर्ने । निगमको आयलाई उडान, कार्गो र ग्राउन्ड ह्यान्डलिङ्जस्ता स्रोतहरू छुट्टाएर प्रस्तुत गर्ने ।

समितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।

उपस्थिति रजिष्टर

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति - बैठक २२ · २०८३ आश्विन १९ · दिउँसो १:०० देखि दिउँसो ३:०० सम्म

आजको उपस्थिति

५०% सदस्य उपस्थित

कुल २८ सदस्यमध्ये १४ जना बैठकमा उपस्थित थिए र १४ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · १४ / २८
कुल सदस्य २८
उपस्थित १४ (५०%)
अनुपस्थित १४ (५०%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १९ उपस्थित १२ अनुपस्थित ७ प्रतिशत ६३%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित ० अनुपस्थित ४ प्रतिशत ०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित ० अनुपस्थित २ प्रतिशत ०%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
श्रम संस्कृति पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची