अर्थ समिति को २८ औं बैठक २०८३ भाद्र २४ मा समिति सभापति मा. डा. कृष्णहरि बुढाथोकी को सभापतित्वमा सुरु भई २ घण्टा ३० मिनेट सम्म संचालन भयो। २८ मध्ये २० उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा, अर्थ समितिको बैठक समितिका माननीय सभापति डा. कृष्ण हरि बुढाथोकीको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ ।
१. रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल,
२. विपद्बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल,
३. विपद् पछिको क्षति र प्रभावको मूल्याङ्कन (PDNA) का सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल,
४. विविध ।
समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र उक्त निकायका सहसचिवहरूको उपस्थिति रहेको थियो। बैठकमा रसुवा बाढी पश्चात् नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुन: स्थापनाका प्रयासहरू, विपद्बाट समग्र अर्थतन्त्रमा परेको प्रभाव एवं विपद्को क्षति र प्रभावको मूल्याङ्कन (PDNA) एवं विविध विषयहरुमा छलफल भएको थियो। बैठकमा भएको छलफलका आधारमा देहाय बमोजिमको निर्णय गरियो:
1. रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन, विश्लेषण गरी सम्बन्धित निकायलाई दिनुपर्ने सुझाव/निर्देशन सहितको प्रतिवेदन पेश गर्न देहाय बमोजिम अध्ययन उपसमिति गठन गर्ने:
उपसमिति:
o मा. सुशील खड्का, संयोजक
o मा. नरेन्द्र कुमार केरुङ, सदस्य
o मा. परशुराम तामाङ्ग, सदस्य
o मा. पुष्पा कुमारी चौधरी, सदस्य
o मा. प्रा.डा. पुष्पराज कँडेल, सदस्य
o मा. लिमा अधिकारी, सदस्य
o मा. सुशान्त बैदिक, सदस्य
कार्यादेश:
- उपसमितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्ने,
- उपसमितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयहरूमा आवश्यकता अनुसार स्थलगत अनुगमन गर्ने,
- उपसमितिले २०८३ असोज २ गते भित्र समितिमा प्रतिवेदन पेश गर्ने।
समितिको अर्को बैठक सूचना भएपछि बस्ने गरी आजको बैठक अन्त्य भयो।