बैठक विवरण
सार्वजनिक लेखा समिति को १३ औं बैठक २०८३ श्रावण २७ मा समिति सभापति मा. भरत बहादुर खड्का को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। २६ मध्ये १६ उपस्थित
सङ्घीय संसद, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको बैठक समितिका सभापति माननीय भरत बहादुर खड्काज्यूको सभापतित्वमा बसी देहाय बमोजिमका छलफल तथा निर्णय भयो।
कार्यसूची
१. समितिमा प्राप्त गृह मन्त्रालयसम्बद्ध उजुरीउपर छलफल सम्बन्धमा,
२. विविध।
बैठक कार्यविवरण
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन (म्यादी) प्रहरीका लागि पोसाक तथा अन्य सामाग्री खरिद सम्बन्धी उजुरीहरुका सम्बन्धमा सार्वजनिक स्रोतको संरक्षण तथा खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र जवाफदेहिता कायम गर्न समितिले देहायबमोजिम निर्णय गर्देछ:
- गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरीको सम्बन्धित पोसाक/सामाग्री खरिदका सम्पूर्ण ठेक्का फाइल, लागत अनुमान, स्पेसिफिकेशन, नमुना, बोलपत्र, प्राविधिक तथा आर्थिक मुल्याङ्कन, सम्झौता, आपूर्ति, गुणस्तर परिक्षण, बिल तथा भुक्तानी विवरण र आपूर्तिकर्ताले विगतमा प्राप्त गरेका समान प्रकृतिका ठेक्काको विवरण परीक्षण एव् छानविन गरी १५ दिनभित्र सार्वजनिक लेखा समितिमा प्रतिवेदन पेश गर्ने।
- आगामी दिनमा खरिद प्रक्रियामा देखिने अनियमितता दोहोरिन नदिन प्रहरी तथा सुरक्षा निकायका सामग्री खरिदमा आवश्यकतामा आधारित स्पेसिफिकेशन, स्वतन्त्र प्राविधिक परीक्षण, स्वार्थको द्वन्द्व नियन्त्रण, खुला प्रतिस्पर्धा तथा मूल्याङ्कनको पूर्ण अभिलेखीकरण अनिवार्य गर्ने व्यवस्था मिलाउने।
उपस्थिति रजिष्टर
२६
कुल सिट
१६
कुल उपस्थित
१०
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
श्रम संस्कृति पार्टी
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६७%
राष्ट्रिय स्वतन्त्र पार्टी
५३%
नेपाली काँग्रेस
५०%