बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१ (एक)
औं बैठक
समिति
२९%
उपस्थिति
उपस्थिति
२८ मध्ये ८ उपस्थित
२०८३ भाद्र ९
बैठक मिति
४ घण्टा
बिहान ९:०० बजे – दिउँसो १:०० बजे
प्रतिनिधि सभा समिति

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी उपसमिति, २०८३ - बैठक १ (एक)

२०८३ भाद्र ९
४ घण्टा
सम्पन्न
४ घण्टा
अवधि
कुल उपस्थित
२०
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ९

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी उपसमिति, २०८३ को १ (एक) औं बैठक २०८३ भाद्र ९ मा समिति सभापति मा. सुम्‍नीमा उदास को सभापतित्वमा सुरु भई ४ घण्टा सम्म संचालन भयो। २८ मध्ये ८ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति अन्तर्गत गठन भएको "अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१" सम्बन्धी उपसमितिको बैठक उपसमितिका संयोजक माननीय अनुश्का श्रेष्ठज्यूको संयोजकत्वमा बस्यो । आज बसेको उपसमितिको बैठकमा देहायका माननीय सदस्यहरूको उपस्थितिमा निम्नानुसारको छलफल एवम् निर्णय भयो ।

कार्यसूची
  1. "अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१" सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग राय सुझाव लिने,
  2. विविध ।
बैठक कार्यविवरण

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति अन्तर्गत अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धमा गठित उपसमितिसँग अभौतिक सांस्कृतिक सम्पदाको (संरक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को सम्बन्धमा विज्ञ एवम् सरोकारवलाहरुसँग छलफल गर्न बसेको बैठक उपसमितिका संयोजक माननीय अनुश्का श्रेष्ठज्यूको संयोजकत्वमा बस्यो । बैठकमा आदिवासी जनजाति आयोगका प्रतिनिधि, सरोकारवला विज्ञज्यूहरू र कानून, न्याय तथा संसदीय मामिला मन्त्रायका प्रतिनिधिको उपस्थिति

थियो । बैठकको छलफल तथा निर्णय देहाय बमोजिम रहेको छ :-

१. उपसमितिको बैठकमा देहायका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूले आ-आफ्नो धारणा राख्नुभयो :-

  1. मा. डा. मीन बहादुर श्रीस, सदस्य, आदिवासी जनजाति आयोग
  2. डा. सुरेश सुरस श्रेष्ठ, महानिर्देशक, पुरातत्व विभाग
  3. लोकहरि कंडेल, उपसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
  4. रामकुमार मादेन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  5. जनक पोखरेल, गुठी संस्थान
  6. राजकुमार सुवाल, अधिवक्ता
  7. सरोजा हाकुदुवाल
  8. डा. टिना मानन्धर, विज्ञ
  9. डा. मोनालिसा महर्जन, विज्ञ
  10. लुमन्ती कलिजात्रा
  11. डिवी नेपाली दमु
  12. नितु डंगोल

उहाँहरूले विधेयकको अवधारणागत पक्ष, नामाकरण सम्बन्धी शाब्दिक अभिप्राय, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनको जिम्मा समुदायमा निहित हुनुपर्ने विषय उठान गर्नुभयो । भाषा र लिपि सम्बन्धी विषय, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा गुठी क्षेत्रले पुर्‍याएको योगदानबारे पनि उल्लेख गर्नुभयो । अभिलेखीकरण, सूचीकरण र जीवन्त सम्पदाको सम्बन्धमा पनि उहाँहरुले आफ्नो धारणा राख्नुभयो । तीनै तहको सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक दायित्व लिनुपर्ने धारणा व्यक्त गर्दै सम्पदा संरक्षणको लागि अभौतिक सांस्कृतिक सम्पदा विकास प्रतिष्ठान निर्माण गर्न सुझाउनुभयो । विधेयकमा उल्लिखित सिफारिस समितिमा आदिवासी जनजातीको संस्थागत प्रतिनिधित्व हुनुपर्ने, अभौतिक सांस्कृतिक सम्पदाको बौद्धिक सम्पत्तिको अधिकार समितिमा निहित रहनेबारे पनि छलफलको क्रममा सुझाव प्राप्त भयो ।

२. छलफलको क्रममा समितिका माननीय सदस्यहरूले विधेयकलाई समावेशी प्रकृतिको बनाउने, अभौतिक सांस्कतिक सम्पदाको संरक्षणमा समुदायलाई मुख्य भूमिका दिनुपर्ने, सबैको अपनत्व हुने गरी विधेयक आउने, संस्कृतिको संरक्षण गर्दा मौलिकता विग्रन नदिने, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा कोषको व्यवस्था र संस्थागत व्यवस्थापन जस्ता विषयमा आफ्नो धारणा राख्नुभयो ।

उपसमितिको अर्को बैठक सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक समापन भयो ।

...........................................

(मा. अनुश्का श्रेष्ठ)

संयोजक


................................................... .

(निर्मलादेवी लामिछाने (वस्ती)

समिति सचिव

उपस्थिति रजिष्टर २८ मध्ये ७ उपस्थित
२८
कुल सिट
कुल उपस्थित
२१
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
५०%
राष्ट्रिय स्वतन्त्र पार्टी
२६%
नेपाली काँग्रेस
२५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
श्रम संस्कृति पार्टी
०%