कार्य परामर्श उपसमिति को ३१ औं बैठक २०८३ कार्तिक १८ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ४५ मिनेट सम्म संचालन भयो। ५ मध्ये ४ उपस्थित
कार्यसूची अहिले उपलब्ध छैन
आज यस कार्य परामर्श उपसमितिका संयोजक तथा समितिका मा. सभापति कृष्ण बहादुर रोकायको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा विधायन व्यवस्थापन समितिको मिति २०८३ कात्तिक १७ गते बसेको बैठकबाट विधायिकी अन्तरसम्बन्ध तथा ऐनको कार्यान्वयन मापन सम्बन्धी अध्ययन अनुगमन गर्नको लागि छनौट भएका मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा तपसिल बमोजिमका विज्ञहरू उपलव्धताको आधारमा छनौट गर्ने निर्णय भयो ।
- श्री कृष्णप्रसाद सापकोटा
- श्री परशुराम मेघी गुरुङ
- (वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य) श्री खिमलाल देवकोटा
बैठकमा अध्ययन अनुगमनको भ्रमण कार्यक्रम २०८३ मंसिर ६ देखि ९ गतेसम्म (४ दिन) गर्ने गरी निर्णय भयो ।
अध्ययन अनुगमनको भ्रमणमा सहभागिताको लागि प्रदेशगतरूपमा माननीयहरूको तपसिलबमोजिम समूहमा विभाजन समेत गर्ने निर्णय भयो ।
कार्य परामर्श उपसमिति - बैठक ३१ · २०८३ कार्तिक १८ · दिउँसो ३:१५ देखि साँझ ४:०० सम्म
आजको उपस्थिति
कुल ५ सदस्यमध्ये ४ जना बैठकमा उपस्थित थिए र १ जना अनुपस्थित थिए।