बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. युवराज शर्मा

Hon. Yuvraj Sharma

स्नातक

नियमित चक्र अनुसार - २०८२ नेपाली काँग्रेस सार्वजनिक नीति अध्ययन उपसमिति
लुम्बिनी प्रदेश
४८/४९
नेपाली काँग्रेस
४
सदन वक्तव्य
४८/४९
बैठक उपस्थिति
८/१२
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०३४ सालमा तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै सुरक्षा कानुन आन्दोलन जेल चलान । २०२७ सालमा नेपाल विद्याथी संघको संस्थापक सदस्य । वि.सं. २०२८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपसभापति र वर्तमान सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा केन्द्रीय सभापति सँगसँगै निर्वाचित त्यसपछिका दिनमा पटक पटक पक्राउ । वि.सं. २०४२ को सत्यग्रह २०४६ सालको प्रथम जनआन्दोलन र द्वितीय जनआन्दोलनमा नेतृत्व । वि.सं. २०३३ सालमा नेपाली काँग्रस बाँके जिल्लाको सचिव निर्वाचित । वि.सं. २०४५ सालमा कारगार रहँदा नै नेपाली काँग्रर्सका साथीहरूले सर्वसम्मतिबाट नेपाली काँग्रेस बाँके जिल्लाको सभापति पदमा निर्वाचित गरेको, नेपाली काँग्रेसको आगामी अधिवेशन समेतबाट पुन: नेपाली काँग्रेस बाँके जिल्लाको सभापति पदमा सर्वसम्मत रूपमा निर्वाचित । अर्कोतिर नेपाली काँग्रेसभित्र उत्पन्न भएको विकृति, विसङ्गति विरुद्ध आवाज उठाउँदै नेपाली काँग्रेसको जिल्ला सभापति बाँकेबाट राजीनामा दिएको । वि.सं. २०३० सालमा शिक्षकमा नियुक्ति भई शिक्षक वर्गमा प्रजातान्त्रिक भावनाअनुरूप सङ्गठन गर्न सुरु गरेको र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेको दुईपटक सभापतिमा निर्वाचित भई । शिक्षकहरूको सेवा, सुविधाको माग गर्दै पटक पटक जेल चलान भएको र २०४५ मा ९ महिनाका लागि जेल चलान नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय महासचिव पदमा सेवसम्मत महासचिवसमेत निर्वाचित भएको तर सो पदमा बस्न नचाहेको र राजनीतितिर नै ढल्की बहुदलीय व्यवस्थाको सुरुवात पछि शिक्षक पदबाट राजीनामा दिएको । यसरी मेरो जीवनमा मैले विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, राजनीतिक आन्दोलन र २०३५/०३६ तिर मजुदर आन्दोलनको नेतृत्वसमेत गर्नुपरेको छ । जीवनभरि नै यसरी म आन्दोलित भई नै रहेँ । अहिले २०७२ सालको माघ १२ गते राष्ट्रिय सभाको निर्वाचनमा विजयी भई अध्याय सुरु भएको छ । राष्ट्रिय सभा सदस्य पदको गरिमालाई अक्षुण्ण राख्दै स्वच्छता, पारदर्शिता र जवाफदेहितापूर्वक संवैधानिक दायित्वको निर्वाह गर्ने छु । निर्वाचन प्रचारको क्रममा मैले पटक पटक यो प्रतिबद्धता जाहेर पनि गरिसकेको छु । जसलाई पूरा गर्न कटिबद्ध रहने छु । धन्यवाद ।

अघिल्लो अनुभव

लगभत ५४ वर्षको राजनीतिक क्षेत्रको अनुभव । १७ वर्षको शिक्षा क्षेत्रको अनुभव ।

हालको आबद्धता

नेपाली काँग्रेस पार्टी, नेपाल विद्यार्थी संघ, नेपाल राष्ट्रिय शिक्षा सङ्गठन, ज्येष्ठ नागरिक महासंघ ।

प्रकाशनहरू

चूल्ठो नामको पत्रिका प्रकाशन र सम्पादकसमेत रहेको ।

थप जानकारी

विदेश भ्रमण: भारत मात्र ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · लुम्बिनी प्रदेश · नेपाली काँग्रेस
सार्वजनिक नीति अध्ययन उपसमिति · सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
समिति सदस्यता २ सक्रिय
सार्वजनिक नीति अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९८% ४९ बैठक मध्ये
४९ कुल बैठक
४८ उपस्थित
१ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ४